१५ चैत्र २०८०, बिहीबार

दाङमा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज

२० असार, बुटवल । दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्पोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *