१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज
२० असार, बुटवल । लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ गरेका छन् । गएराति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय ‘चिनक’ भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय को आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए ।

उनीहरु सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–६ बसपार्क नजिक मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

पक्राउ परेकाहरूमध्येबाट मोटरसाइकल चालक चिनकको दाहिने कम्मरपेटीबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ–९ एमएम लेखिएको दुई राउन्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।

मोटरसाइकल दुर्घटनामा हुँदा तीनैजना घाइते भएकोले उनीहरूलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए । मोटरसाइकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यु भएको र निजहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *