२३ बैशाख २०८१, आईतवार

स्थानीय

अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

राजनीति, समाचार, समाज, स्थानीय
बिनोद निगम / नवलपरासी / १४ असार ब्यापारी हरूले आफै भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान एकैदिन साढे ३ लाख बढीको सामान सहित मिएरसकाल पक्राउ । बिहीबार बिहान ८स्१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ६ स्थित पोखरापालीबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्र।स।नि। मान बहादुर खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरीले जनाए । उक्त प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान छोडी तस्करमा संलग्न ब्यक्ति फरार रहेको छन । तस्करले छोडेको मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परासीमा राखेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए । प्रहरीले नियन्त्रणमा लिईएको सामान हुक्का फ्लेबर ११९ थान अन्दाजी मुल्य रु।३ लाख २१ हजार ३ सय,काजु लगायत किराना सामान...
सुनवलमा धारिलो हतियार प्रहार गरि आफ्नै आमाको हत्या

सुनवलमा धारिलो हतियार प्रहार गरि आफ्नै आमाको हत्या

विविध, समाचार, समाज, स्थानीय
बिनोद निगम र नवलपरासी र १२ असार पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड १३ ( बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेको छन् । उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम डीएसपी भोजराज पाण्डेयले बताए । उनी हत्या गरेर शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनको बुवा साँझ कामबाट घर फर्केदा घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि अभियुक्त शिवकुमारले २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ । उनले दैनिक श्रीमतीलाईसमेत कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाए । उनको कुटपिट सहन नसकी श्रीमती पनि दुई महिना अघिबाट माइतमा बस्दै आएको पाण्डेले बताए ।...
गौर नगरपालिकाको १२ औं नगर अधिवेशन सप्पन्न , ६८ करोड ३४ लाखको बजेट प्रस्तुत  ।।।

गौर नगरपालिकाको १२ औं नगर अधिवेशन सप्पन्न , ६८ करोड ३४ लाखको बजेट प्रस्तुत ।।।

समाचार, स्थानीय
१० असार । रौतहट । रौतहटको गौर नगरपालिकाको १२ औं नगर अधिवेशन सम्पन्न भएको छ । गौर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६८ करोड ३४ लाख ९० हजार ६ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ल्याएको ५५ करोड ६ लाख ८१ हजार बजेट रहेकोमा उक्त खर्च रकमको ८१ प्रतिशत ४४ करोड १८ लाख ७४१ रुपैया खर्च गरेको छ । गौर नगरपालिकाका १२ औं नगर अधिवेशनको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, विशिष्ट अतिथी प्रदेश सान्सद सदस्य नागेन्द्र साह र प्रदेश सान्सद सदस्य किशोरी देवी रहेका थिए । नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नगरप्रमुख शम्भु साह सभा समक्ष प्रस्तुत गरेका छन । नगरप्रमुख साहले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी तर्फ अनुमानित ४ करोड २५ लाख , वितिय समानीकरण अनुदान तर्फ संघ र प्रदेश बाट प्राप्त हुने १२ कर...
रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

राजनीति, विविध, शिक्षा, समाचार, स्थानीय
७ असार । रौतहट । राैतहटको ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा आज बिहिबार सम्पन्न गरेको छ । ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप-सचीव भुदेव झाले असार १०‌ गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गराउनुहुदै आज   आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गराएका छन । स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन अन्तर्गत ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ ।...
भैरहवा बेलहिया नाका पछि महेशपुर नाका पनि १०० भन्दा बढीको समान ल्याउँदा भन्सार लाग्ने

भैरहवा बेलहिया नाका पछि महेशपुर नाका पनि १०० भन्दा बढीको समान ल्याउँदा भन्सार लाग्ने

राजनीति, समाचार, स्थानीय
  भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि । उद्योगी व्यवसायी सुरक्षा निकायका प्रमुख भन्सारका अधिकारी सहितको बैठक पछि पश्चिम नवलपरासीका सिमा नाका बाट पनि एक सय रूपैयाँ भन्दा माथिका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेका छन् । पश्चिम नवलपरासीको महेशपुर,रूपन्देहीको बेलहिया,नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको हो । घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय ठुठीबारी, सुनौली र नौतनवा, बजार पुग्ने गर्छन् ।भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो । एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसू...
नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

राजनीति, समाचार, समाज, स्थानीय
बिनोद निगम/नवलपरासी/२३जेठ पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । मंगलबार बिहान करिब ७:२० बजे जिल्लाको प्रतापपुर गाउँपालिका - ८ बैरिहवाका ५० वर्षीय तिलकराज भेडियार र उनका श्रीमती ५० वर्षकी निर्मला भेडियार मृत भेटिएका हुन् । उनीहरु विगत ५ / १० बर्ष देखि घरबाट करिब ३/४ किमि पूर्व मजुवा मर्चहवा भन्ने ठाँउमा गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए । मंगलबार बिहान दुवै जनाको शव गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा १२...
भारतको हैदराबादमा मोटरसाइकल दुर्घटना गौर ४ का एक युवकको मृत्यु

भारतको हैदराबादमा मोटरसाइकल दुर्घटना गौर ४ का एक युवकको मृत्यु

विविध, समाचार, स्थानीय
२१ जेठ । रौतहट । प्रदेश अनलाइन न्यूज डेस्क भारतको हैदराबादमा मोटरसाइकल दुर्घटनामा परेर गौर नगरपालिका वडा न. ४ का २१ वर्षीय हरिओम सहनीको मृत्युु भएको छ । दुर्घटनामा परेर सहनी संगै भारत बिहारको बैरगनिया नजैका पन्टकीका एक युवकको पनि मृत्यु भएको छ । गौर नगरपालिका वडा न. ४ निवासी ब्रहमदेव सहनीको कान्छो छोरो वर्ष २१ को हरिओम सहनी बिगत ६/७ महिना देखि हैदराबादको सेवन स्टार भन्ने कम्पनीमा काम गर्ने गर्थ्यो , दुर्घटना हुनु भन्दा ७/८ दिन पहिला कम्पनीका साहुले संग झगडा हुदा सो कम्पनी छोडेर नया YJ event भन्ने कम्पनी जोइन गरेको थियो । ३ महिना देखि तलब भत्ता नदिदा तलब माग्न जादा कम्पनीका साहुले गाली गर्दा झगडा परेको मृतकका दाइले बताएका छन । दुर्घटना रहस्यमय भएको भन्दै मृतक हरिओम सहनीका बुवा ब्रहमदेव सहनीले मेरो छोरोको कुनै मोटरसाइकल दुर्घटना नभएको झगडा भएको रिसमा कम्पनीका साहुले गुण्डा लगाइ मेरो छोरोलाइ...
माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।

माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।

समाचार, समाज, स्थानीय
८ जेठ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका बिकासको तिब्रता लिएको छ ।पछिल्लो दिनमा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार विभिन्न कारणले सरुवा भैरहेको कारण नगरपालिकामा बिकास निर्माणकार्य अवरुद्ध भएको थियो । नया प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव को आगमनको साथै रुकेका सबै कामहरु गति समातेको छ्न । अफ्नो चुनावी एजेन्डा अनुरुप र जनताहरुको आवश्यकतालाई ध्यानमा राखी माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव विकास निर्माणका कार्यमा सक्रिय भएका छन । शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका नगरप्रमुख यादव अहिले विकास निर्माणको कार्यलाई पनि अगाडि बढाएका छन । माधवनारायण नगरपालिका वडा न.६ माधोपुर स्थित जिर्ण अवस्थामा रहेको ब्रहमस्थानको मन्दिर निर्माणका लागि आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ यादव र वडा न. ६ का वडा अध्यक्ष राम नरेश राय यादव शिलान्यास गरेका छ्न । माधोपु...
रौतहटको सदरमुकाम गौरमा मेयर साह द्वारा झुलुङ्गे पुलको उदघाटन

रौतहटको सदरमुकाम गौरमा मेयर साह द्वारा झुलुङ्गे पुलको उदघाटन

समाचार, स्थानीय
७ जेठ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहट सदरमुकाम गौर नगरपालिकामा आज एक कार्यक्रम बिच झुलुङ्गें पुलको उदघाटन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका छन । गौर नगरपालिका वडा नं. ५ स्थित गौरीशंकर क्याम्पसका पूर्वपटी रहेको बरहवा तालमा झुलुङ्गे पुलको निर्माण पश्चात आज उदघाटन भएको छ । गौर नगरपालिका तथा टि.वि.एस.यु.÷हेल्भिटासको संयुक्त लगानीमा निमार्ण भएको बरहवा तीन कुने झुलुङ्गे पुल (ट्रायल ब्रिज) को उदघाटन कार्यक्रममा नगरप्रमुख शम्भु साह, वडा नं. ५ का वडा अध्यक्ष शिवशंकर यादव, वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभास ठाकुर, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । यो ठाउँको उत्तर तिर नजिकै झुलुङ्गे पुल र दक्षिण तिर पक्की पुल पहिला देखि नै रहेकाले यो झुलुङ्गे पुलको कुनै आवश्यकता रहेको नगरप्रमुख शम्भु साहको भनाइ रहेको छ । बरहवा तालमा बोटि...
रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

राजनीति, समाचार, स्थानीय
४ जेठ, रौतहट । प्रदेश अनलाइन न्युजडेस्क । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा ४ सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिएका छन । बिहीबार करिब तीन बजेको समयमा राजपुर नगरपालिका ६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी दिएका छन ।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक कर्वहीको लागि रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै प्रहरीले बताए ।...