
४ जेठ, रौतहट । प्रदेश अनलाइन न्युजडेस्क ।
रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा ४ सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिएका छन ।
बिहीबार करिब तीन बजेको समयमा राजपुर नगरपालिका ६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी दिएका छन ।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक कर्वहीको लागि रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै प्रहरीले बताए ।