१८ जेष्ठ २०८०, बिहीबार

रौतहटको सदरमुकाम गौरमा मेयर साह द्वारा झुलुङ्गे पुलको उदघाटन

451

७ जेठ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहट सदरमुकाम गौर नगरपालिकामा आज एक कार्यक्रम बिच झुलुङ्गें पुलको उदघाटन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका छन । गौर नगरपालिका वडा नं. ५ स्थित गौरीशंकर क्याम्पसका पूर्वपटी रहेको बरहवा तालमा झुलुङ्गे पुलको निर्माण पश्चात आज उदघाटन भएको छ । गौर नगरपालिका तथा टि.वि.एस.यु.÷हेल्भिटासको संयुक्त लगानीमा निमार्ण भएको बरहवा तीन कुने झुलुङ्गे पुल (ट्रायल ब्रिज) को उदघाटन कार्यक्रममा नगरप्रमुख शम्भु साह, वडा नं. ५ का वडा अध्यक्ष शिवशंकर यादव, वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभास ठाकुर, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । यो ठाउँको उत्तर तिर नजिकै झुलुङ्गे पुल र दक्षिण तिर पक्की पुल पहिला देखि नै रहेकाले यो झुलुङ्गे पुलको कुनै आवश्यकता रहेको नगरप्रमुख शम्भु साहको भनाइ रहेको छ । बरहवा तालमा बोटिङ्ग चलाउने हाम्रो योजना रहेकोले यो पुलले गाह्रो गर्ने मेयर साहले बताएका छन । तर यो योजना २०७५ सालमा पुर्व मेयरको रहेको र ३५ लाखको लागतमा बन्ने भनिएको पुल अधुरो छोडेको कारण हेल्भिटास कम्मनीले यो पुलको निर्माण नभएसम्म अर्को झुलुङ्गे पुलको निर्माण गौरमा नहुने भएकोले यो पुलको निर्माण पुरा गर्नु परेको मेयर साहले जानकारी गराएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0