१४ बैशाख २०८१, शुक्रबार

शिक्षा

भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा  बेच्न थाले सम्पत्ति

भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा बेच्न थाले सम्पत्ति

शिक्षा, समाचार, स्वस्थ्य
४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ ब्रम्हपुरीस्थित कलेजको स्वामित्वमा रहेको सिटी अस्पताल बिक्रि गरेको बताइएको छ । जानकी मेडिकल कलेजको सो अस्पताल कृष्णा मेडिकल इन्स्ट्च्यिुटले खरिद गरेको दाबी गरेको छ । कलेजको पूर्ण स्वामित्वमा रहेको सो अस्पतालमा केही बिरामीहरु आउने गरेका थिए । सरकारले स्टाफ नर्स, बीएस्सी नर्सिंग, बीएन लगायतका स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षाका लागि कम्तीमा सय शैय्याको अस्पताल हुनुपर्ने अनिवार्य प्रावधान गरेपछि कृष्णा मेडिकल इन्स्टिच्यूटले सो अस्पताल खरिद गरेको बताइएको छ । कृष्णा मेडिकल इन्स्ट्च्यिुटका सञ्चालक रामपृत यादवले अस्पताल पास गराएको जनाएका छन् । केही महिना पूर्व नै यादवले अस्पताल खरिदको प्रक्रिया थालेका थिए । त्यो आधारमा कृष्णा मेडिकल अस्पतालको स्वीकृत समेत मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको थियो । तर पछि आवश्यक कागजातहरु नम...
राजनेतिककरण र अनुसासनहिन काम  गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनेतिककरण र अनुसासनहिन काम गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनीति, शिक्षा, समाचार, स्थानीय
३ साउन, रौतहट । रामशरण यादव शिक्षण पेशामा आबद्ध रहँदै आएका माबि सितलपुरका करार शिक्षक राजकुमार यादवलाई वडा कार्यालय र बिधालय ब्यवासथपन समितिले खारेज गरिएको छ। फतुवा विजयपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय यादव र माबि सितलपुर बिधालय ब्य्वास्थपन समितिका अध्यक्ष दिपेन्द्र यादव संयुक्त रुपमा बिज्ञप्ति जारि गर्दै यादवलाई खारेज गरेका हुन् । उक्त हस्तारिक्ष बिज्ञप्तिमा लेखिएका छन् फतुवा विजयपुर नगरपालिका वडा न २ समितिको मिति २० ७९ साउन १ गते को बैठको निर्णय अनुसार श्री माबि सितलपुरमा निजि श्रोत नि मा बि करारमा नियुक्ति लिई कार्यरत शिक्षक राजकुमार यादवले बिधालयमा राजनेतिककारण गरि बिधालयको बाताबरण उथलपुथल गरेको र बिधालय संचालनको समयमा आफना घन्टी छोडी कुर्सीमा मस्त निन्द्रामा सुति अनुसासनहिन काम गरि सरकारी बिधालय प्रतिको अभिभावकहरुको बिस्वास समेत गुमेकोले र सो अनुशासनहीन ख...
पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

शिक्षा, समाचार, समाज, स्थानीय
२ साउन, नवलपरासी । विनोद निगम तराईका विभिन्न भुभागमा लामो समयदेखि पानी नपरेकोले खडेरीका कारण आजित बनेका किसानहरु पानी पराउने आशमा विभिन्न नितिनियम पालना गरिरहेका छन । तराईका केही जिल्लामा देबि देवता भएको मन्दिर बाध्ने , आफु आफुमा हिलो र पानी छर्किने , भजन कृतन गर्ने , भक्ति अराधना गर्ने र महिलाहरु जागरन बस्ने लगाएतका क्रियाकलाप गरिरहेका छन । त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।...
रौतहटको मौलापुरको ४० प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी

रौतहटको मौलापुरको ४० प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी

शिक्षा, समाचार, स्थानीय
३० असार, रौतहट । रौतहटको एउटा नगरपालिकाले शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट लगानी गरिरहेको देखिएको छ । रौतहटको मौलापुर नगरपालिकाले आफ्नो कुल बजेटको ४० प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी ४० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका नै रहेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको कुल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । नपाको कुल बजेटको ४०।५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमा गएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराए । विभिन्न विद्यालयका लागि जग्गा खरीद, भवन निर्माण, भौतिक तथा शैक्षिक सामग्री खरीद, पर्खाल निर्माण, मर्मत तथा रङ्गरोगन, विद्यालयको सौन्दर्यीकरणमा नगरपालिकाले ठूलो लगानी गरेको छ । मौलापुर नगरपालिकाले दर्जनर्ँैं शिक्षक नियुक्त गरेको छ । नगरप...
बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

राजनीति, शिक्षा, समाचार, समाज
२८ असार, काठमाण्डौँ । प्रतिनिधिसभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय हदम्याद बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ । पारित विधेयक अनुसार अब नाबालकको हकमा यौन हिंसा र बलात्कार जन्य घटना भएको भए १८ वर्ष पुगेपछि ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हुन्छ । यस्तै, बालिगको हकमा हिंसा बलात्कार भएको एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने पर्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले घटना भएको २ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था राखेको छ । यस्तै, थु...
विकासको पर्खाइमा गरीब डोम बस्ती

विकासको पर्खाइमा गरीब डोम बस्ती

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२२ असार, पर्सा । बलिराम यादव, पर्सा संवाददाता पर्सा जिल्लाको गरमिन भेगमा रहेको पर्सागढी नगरपालिका वडा नं ६ तित्राउन चैनपुरमा करिब ११ घरपरिवारमा रहेका करिब ,७२ जन दलित डोम बस्तीमा अहिले सम्म विकास पुगन सकेको छैन। पिहलो जनप्रनिधी निर्वाचित भई पाँच वर्ष कार्यकालमा विकास नामको कुनै शब्द पुगन सकेको छैन। अहिले पनि उ यही फुस्को घर , पलास्टिक ओक्षयाइएस्को छानो ,कम्बल्ले घेरिएको भकरो, जस्ता दृश्यले जो कोहीको मन पग्लिन्छ। लाखौं करोडौंको बजेट मतोपुरी गराबेल,रोड नला ढलनमा सिद्याइन्छ। तर अति विपन गरिबहरूको झुपडीमा विकास नामको शब्द किन पुग्दैन । शिक्षा श्वास्थ,खाने पानीको समेत अभाभव रहेको त्यो डोम बस्तीमा देख्न सकिन्छ।एउटै धारा बाट ७२जनाले आफ्नो गुजारा चलाइरहेको अवस्था छ। नेपाल खुला दिसा मुक्त भएको धेरै समय बितिसक्दा पनि शौचालय नभएर उनीहरू अहिले पनि बहिर दिसा गर्न बाध्य रहेका छन् ।रिङ त पाइयो ...
भारत सरकारले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

अन्तर्राष्ट्रिय, राजनीति, शिक्षा, समाचार
१९ असार, काठमाण्डौ – भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आज आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालमा रहेको भारतीय राजदूतावासले विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गर्नुभएको थियो । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्...
वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विविध, शिक्षा, समाचार, समाज, स्वस्थ्य
८ असार, वीरगञ्ज /बलिराम यादव । वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको आयोजनामा वीरगञ्जको ओमआश्रमस्थित ग्लोबल बिजनेस कलेजको सभा गृहमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज कुटुम्बी अध्यक्ष श्वेता क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा। दिप्ती यादवले महिनाबारीको बारेमा प्रशिक्षण दिएकी थिइन् । महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, खानपिनदेखि सरसफाई गर्ने तरिका, दुखाई कम गर्ने उपाय लगायतका बारेमा डा। यादवले प्रशिक्षण दिएकी थिइन् । महिनाबारी हुँदा कति महिलाहरुले गलत तरिकाले हेरचाह गर्ने गरेको हुँदा त्यसले स्वास्थ्यमा पर्ने असर र सही तरिकाको बारेमा सचेतना फैलाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको लायनस क्लब अफ वीरगञ्ज कुटुम्बकी अध्यक्ष श्वेता क्षेत्रीले बताइन् । आगामी दिनमा पनि यस्तै...
धान दिवसका दिन रौतहटका एक विद्यालयमा रक्सी सहितको भोजभतेर, स्थानीयद्वारा भिडियो सार्वजनिक (भिडियो सहित)

धान दिवसका दिन रौतहटका एक विद्यालयमा रक्सी सहितको भोजभतेर, स्थानीयद्वारा भिडियो सार्वजनिक (भिडियो सहित)

शिक्षा, समाचार, समाज, स्थानीय
१७ असार, रौतहट । विद्यालयलाई शिक्षाको मन्दिर र शिक्षकलाई विद्यार्थीको भविष्य बनाउने तथा विद्यार्थीको जीवनको लक्ष्यसम्म पुर्याउने मार्गदर्शकको रुपमा चिनिन्छ । तर कतिपय शिक्षकहरु आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिने गर्छन र नराम्रा गतिविधिमा संल्गन भएर बारम्बार समाचारको पृष्ठभूमि बन्न पुगछन । रौतहटको गढिमाई नगरपालिका वडा नम्वर ७ धनारी गाउँमा अवस्थित रहेको माध्यमिक विद्यालय धनारीमा गत दुई दिन अघि अर्थात असार १५ गते राष्ट्रिय धान दिवस बुधवारको दिन एउटा भोजभतेरको आयोजना गरियो । उक्त भोजभतेरमा हार्ड र सफट ड्रिंक्सको व्यवस्थापन गरिएको भाइरल भिडियोमा देख्न सकिन्छ । वियर, हार्ड ड्रिंक्स सहितको भोजभतेर गर्न इजाजत दिने विद्यालयका प्रधानाध्यपक कपिलदेव यादव, ५ जना महिला शिक्षिका सहित १७ जना कर्मचारीहरु प्रशासनीक कोठामा बसेर भोजभतेर खाँदै गर्दा केही स्थानीय युवकहरु आएर गोप्य रुपमा भिडियो बनाएर विद्यालय...
बाढी र डुबानमा कारण सुनसरीमा बिधालय बन्द

बाढी र डुबानमा कारण सुनसरीमा बिधालय बन्द

शिक्षा, समाचार, स्थानीय
१५ असार, सुनसरी । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले सुनसरीको इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुन सक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको उनको भनाइ छ। त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिए ।...