१४ बैशाख २०८१, शुक्रबार

धान दिवसका दिन रौतहटका एक विद्यालयमा रक्सी सहितको भोजभतेर, स्थानीयद्वारा भिडियो सार्वजनिक (भिडियो सहित)

१७ असार, रौतहट । विद्यालयलाई शिक्षाको मन्दिर र शिक्षकलाई विद्यार्थीको भविष्य बनाउने तथा विद्यार्थीको जीवनको लक्ष्यसम्म पुर्याउने मार्गदर्शकको रुपमा चिनिन्छ । तर कतिपय शिक्षकहरु आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिने गर्छन र नराम्रा गतिविधिमा संल्गन भएर बारम्बार समाचारको पृष्ठभूमि बन्न पुगछन ।
रौतहटको गढिमाई नगरपालिका वडा नम्वर ७ धनारी गाउँमा अवस्थित रहेको माध्यमिक विद्यालय धनारीमा गत दुई दिन अघि अर्थात असार १५ गते राष्ट्रिय धान दिवस बुधवारको दिन एउटा भोजभतेरको आयोजना गरियो । उक्त भोजभतेरमा हार्ड र सफट ड्रिंक्सको व्यवस्थापन गरिएको भाइरल भिडियोमा देख्न सकिन्छ ।
वियर, हार्ड ड्रिंक्स सहितको भोजभतेर गर्न इजाजत दिने विद्यालयका प्रधानाध्यपक कपिलदेव यादव, ५ जना महिला शिक्षिका सहित १७ जना कर्मचारीहरु प्रशासनीक कोठामा बसेर भोजभतेर खाँदै गर्दा केही स्थानीय युवकहरु आएर गोप्य रुपमा भिडियो बनाएर विद्यालयको प्रधानाध्यापकको कर्तुतलाई बाहिर सार्वजनिक गरेका छन् । विद्यालयमा नैतिक शिक्षाको साथै बालबालिकाहरुको उज्जवल भविष्यका लागि अभिभावकहरु निकै विश्वास गरेर अध्ययनका लागि पठाउँछन् तर ति विद्यालयका गुरु वर्गको यस्तो हर्कतबाट शिक्षा जगतलाई कलंकित बनाउने कार्य गरिएको छ । यस्ता गतिबिधि गर्ने विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक÷शिक्षिकाहरुको कडा कारवाहीका लागि स्थानीय तथा विद्यालयका अभिभावकहरु माग गरेका छन ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *