
७ असार, सलार्ही। सर्लाहीमा एउटी महिला बेहोस र ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन ।
जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लग्दा चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताएका छन । ‘बच्चाको पहिला नै मृत्यु भइसकेको र आमा अझै बेहोस् छिन । डीएसपी विजय यादवको अनुसार महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याइएको छ ।
महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी डीएसपी विजय यादवले दिइएका छन ।