१४ बैशाख २०८१, शुक्रबार

भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा बेच्न थाले सम्पत्ति

४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ ब्रम्हपुरीस्थित कलेजको स्वामित्वमा रहेको सिटी अस्पताल बिक्रि गरेको बताइएको छ । जानकी मेडिकल कलेजको सो अस्पताल कृष्णा मेडिकल इन्स्ट्च्यिुटले खरिद गरेको दाबी गरेको छ । कलेजको पूर्ण स्वामित्वमा रहेको सो अस्पतालमा केही बिरामीहरु आउने गरेका थिए ।

सरकारले स्टाफ नर्स, बीएस्सी नर्सिंग, बीएन लगायतका स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षाका लागि कम्तीमा सय शैय्याको अस्पताल हुनुपर्ने अनिवार्य प्रावधान गरेपछि कृष्णा मेडिकल इन्स्टिच्यूटले सो अस्पताल खरिद गरेको बताइएको छ । कृष्णा मेडिकल इन्स्ट्च्यिुटका सञ्चालक रामपृत यादवले अस्पताल पास गराएको जनाएका छन् । केही महिना पूर्व नै यादवले अस्पताल खरिदको प्रक्रिया थालेका थिए । त्यो आधारमा कृष्णा मेडिकल अस्पतालको स्वीकृत समेत मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको थियो । तर पछि आवश्यक कागजातहरु नमिलेको जनाउँदै त्यसको स्वीकृति रद्द गरिएको थियो । हाल अस्पताल खरिदगरी पास समेत गराइसकिएको बताइएको छ । मेडिकल कलेजले व्यवस्थित रुपमा नियमित अस्पताल सञ्चालन गर्न सकेको थिएन् । भौतिक सम्पत्ति र मेडिकल कलेज इजाजत समेतको मूल्यांकन भन्दा कयौं करोड अत्यधिक ऋण भारमा थिचिएको जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेले सम्पत्ति बेच्न थालेका छन् । कलेजमा प्रभु बैंकले गरेको ऋण असुलीका लागि जानकी मेडिकलको रमदैया स्थित अस्पतालमा असुली काउण्टर नै राखेको छ । अस्पतालमा हुने दैनिक आम्दानी बैंकले साँझ बुझ्ने गरेको छ । कलेजमा अध्ययन अध्यापनको अवस्था अत्यन्त कमजोर रहेको र मेडिकल काउन्सिलले कयौं पटक भर्नाको कोटा नै नदिने कारणले विद्यार्थीको निरन्तरता रहेको छैन् । सञ्चालक पाण्डेले ऋण थप्ने क्रमलाई रोकेका छैनन् । तर कलेजमा हुने आम्दानी अन्यत्र लग्ने गरेको बताइन्छ ।
प्रारम्भमा नै भारतीय विद्यार्थीहरुलाई ल्याएर मोटो रकम असुलगरी कलेजका सञ्चालकहरुले रकम बाँडेर लगेका थिए । कलेजमा निरीक्षण हुँदा भाडाका बिरामी र चिकित्सकहरु राख्ने गरिएको छ । भाडाका रोगीलाई एक बोतल स्लाइन पानी, एक छाक भोजन र एक दिनको मजदूरी ७ सय रुपैया दिने गरिएको बताइन्छ । कलेजलाई सञ्चालन गर्न असफल भएका पाण्डेले कयौं पटक बेचबिखन समेत गरेका छन् । अझै पनि कर्मचारीहरुको कयौं महिनाको तलब, सुविधाहरु बाँकी रहेको छ । कलेजले बक्यौता नतिर्न, विद्यार्थी र अभिभावकहरुलाई झुक्याउन कहिलेकाही स्वास्थ्य शिविर समेत सञ्चालन गरेको प्रचारबाजी गर्न थालेका छन् । कलेजले सिटी अस्पताल बिक्रि गर्नु भनेको सर्वाधिक महत्वपूर्ण र महँगो सम्पत्ति बिक्रि गरेको छ । हुनत अस्पताल नामका लागि मात्र सञ्चालनमा रहेको थियो । तर कलेजका लागि बहुत महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन् । जानकी मेडिकल कलेजमा अध्ययन गरेको चिकित्सकहरुले बोर्डमा त्यो डिग्री लेख्न समेत चाहँदैनन् । प्रयोगात्मक परीक्षा बिना नै चोरीको भरमा विद्यार्थीलाई कलेज सञ्चालकले नै उतीर्ण गराउने गरेका कारण भारतबाट महँगो शूल्य तिरेर विद्यार्थीहरु चिकित्सा शास्त्र अध्ययन गर्न जानकी मेडिकल कलेजमा आउने गरेका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *