८ बैशाख २०८१, शनिबार

भैरहवाको भाट्भटेनी अगाडि माइक्रो बस दुर्घटना ।।

४ साउन, भैरहवा । विनोद निगम

भैरहवा– रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार बिहान माइक्रो बस दुर्घटना भएको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० बस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रुसहित पाँच जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भैरहवास्थित बसपार्कबाट बुटवलका लागि हिंडेको उक्त बस सिद्धार्थनग–७, नयाँ सडक ९भाटभटेनी० अगाडि दुर्घटना भएको हो । बस उत्तानो ९छतको भाग तल० परेर पल्टिएको छ । बसको सिसा फुटेको छ । सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

     

दुर्घटना हुँदा बस ६ लेन सडकको डिभाइडरमाथि पुगेको छ । मानवीय क्षति नभए पनि दुर्घटना बसमा सवार सबै सामान्य घाइते भएको बताइएको छ । घाइते सबैलाई उपचारका लागि प्रहरीले भीम अस्पताल पुर्याएको छ । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरी भनाई छ । भयानक दुर्घटना भए पनि बसमा धेरै यात्रु सवार नभएकाले मानीवय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *