७ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

८ असार, वीरगञ्ज /बलिराम यादव । वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको आयोजनामा वीरगञ्जको ओमआश्रमस्थित ग्लोबल बिजनेस कलेजको सभा गृहमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

वीरगञ्ज कुटुम्बी अध्यक्ष श्वेता क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा। दिप्ती यादवले महिनाबारीको बारेमा प्रशिक्षण दिएकी थिइन् । महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, खानपिनदेखि सरसफाई गर्ने तरिका, दुखाई कम गर्ने उपाय लगायतका बारेमा डा। यादवले प्रशिक्षण दिएकी थिइन् ।

महिनाबारी हुँदा कति महिलाहरुले गलत तरिकाले हेरचाह गर्ने गरेको हुँदा त्यसले स्वास्थ्यमा पर्ने असर र सही तरिकाको बारेमा सचेतना फैलाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको लायनस क्लब अफ वीरगञ्ज कुटुम्बकी अध्यक्ष श्वेता क्षेत्रीले बताइन् । आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्षेत्रीको भनाई छ ।

कार्यक्रममा लायन्स क्लबका प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर ९भिडिजी० डि।एन। अग्रवाल, डिष्ट्रिक्ट चिफ बासुदेव तिमल्सिना, डिष्ट्रिक्ट डेपुटी चिफ बिजया ओझैया, एरिया चिफ रीकेश साह ,रिजन चेयर पर्सन श्याम गुप्ता लगायत लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष रीना रौनियारले जानकारी दिइन् ।

कार्यक्रमको सहजीकरण लायनस क्लब अफ वीरगञ्ज कुटुम्बकी सचिव संगीता प्याकुरेलले गरेकी थिइन्

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *