१६ बैशाख २०८१, आईतवार

राजनीति

नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

राजनीति, समाचार, स्थानीय
१२ असार, विरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो । आव २०७७र८७ को साउनदेखि जेठसम्मको ११ महिनामा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ राजस्व ...
सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने नेकपा एसका प्रवक्ता खतिवडाको भनाइ

सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने नेकपा एसका प्रवक्ता खतिवडाको भनाइ

राजनीति, समाचार
११ असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने बताएका छन्। शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न भनेका छन्। उनले अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने पनि बताए। ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने, ‘तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम...
गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

राजनीति, विविध, समाचार, समाज, स्थानीय
११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्...
रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

राजनीति, शिक्षा, समाचार, स्थानीय
१० असार, रौतहट। रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।रौतहट जिल्लामा सबै भन्दा पहिलो नीति तथा कार्यक्रम र बजेट राजदेवी नगरपालिकाले सार्वजनिक गरेका थिए । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् भने धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । रौतहटमा १८ वटा पालिकाहरु मध्ये राजदेवी नगरपालिका, गढीमाइ नगरपालिका र इशनाथ नगरपालिका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।...
पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध  वीरगञ्जमा प्रदर्शन

पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध वीरगञ्जमा प्रदर्शन

राजनीति, समाचार, समाज, स्थानीय
८ असार, वीरगञ्ज। पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरको हो । अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाइृ सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदको आरोप छ । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई छ । प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले ...
सत्तारुढ गठबन्धनमा नागरिकता विधेयकबारे सहमति जुटाउने प्रयास सुरु

सत्तारुढ गठबन्धनमा नागरिकता विधेयकबारे सहमति जुटाउने प्रयास सुरु

राजनीति, समाचार
८ असार, काठमाडौं । सत्तारुढ गठबन्धनमा नागरिकता विधेयकबारे सहमति जुटाउने प्रयास सुरु भएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदबाट पारित गर्ने प्रस्ताव राखेका थिए । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरुसँग भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पुरा गरेर चाँडै पेश हुन्छ ।’ तर नागरिकता विधेयकमै रहेको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थामा भने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच नै एकमत छैन । राज्य व्यवस्था तथा सुशासन समितिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रस्ताव अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल राजनीतिक अधिकार नहुने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्...
नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने  कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिन छोडेः सांसद झा

नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिन छोडेः सांसद झा

राजनीति, समाचार, स्थानीय
७ असार, रौतहट । विदेशी बुहारीलाई नागरिकता दिने लामो अवधिका कारण तराईका युवाहरुको बिहे हुन छोडेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसद अनिल कुमार झाले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने बाध्यताका कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिनै छोडेको बताएका हुन् । उनले भने, ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय केटीहरू अब नेपालमा बिहे गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ रु राज्यले त्यसको व्यवस्था के गर्न सक्छ रु’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ ।...
जनकपुरधामका उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार

जनकपुरधामका उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार

राजनीति, समाचार, समाज, स्थानीय
५ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गर्नुका साथै आक्रमण गर्ने समूहमध्येका एक महिलाले साहमाथि चप्पल प्रहार गरेकी छन् । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए । नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो । घटना भएलगत्तै प्रहरी टोली पुगेर उपप्रम...
माधवनारायण नपामा झुलुङ्गे पुलको शिलान्यास, एक महिना भित्र पुल संचालनमा आउने नगरप्रमुख यादवको भनाई

माधवनारायण नपामा झुलुङ्गे पुलको शिलान्यास, एक महिना भित्र पुल संचालनमा आउने नगरप्रमुख यादवको भनाई

राजनीति, समाचार, समाज, स्थानीय
३ असार, रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा नगरपालिकाकै पहिलो झुलुङ्गे पुल निर्माण हुने भएको छ । नगरप्रमुख बैजनाथ प्रसाद यादव उर्फ बैजु यादव आफ्नो कार्यभार सम्हाल्ने बितिकै आफूले जनताको माझमा गरेका प्रतिबद्धता अनुसार काम गर्न सुुरु गरिसकेका छन । चुनावी प्रतिबद्धता अनुसार मेयर यादवले माधव नारायण नगरपालिका ३ मा अवस्थित भेल्हीको कमदेही खोलामा नगरपालिका कै पहिलो झुलुङ्गे पुलको शिलान्यास गरेका छन्। माधव नारायण नगरपालिकाका जनताले लामो समयदेखि नै झुलुङ्गे पुलको माग गरे पनि निवर्तमान मेयर विरेन्द्र प्रसाद यादव कुनै चासो देखाएको थिएन । तर नवनिर्वाचित नगरप्रमुख बैजु यादव जनताको माग तथा आवश्यकता अनुसारको कामको सुरुवात गर्नुभएको छ । । विगत ५ वर्ष देखि पूर्व मेयरसँग आशा राख्दा पनि झुलुङ्गे पुलको कुनै प्रक्रिया अगाडि नबढाएको तर एक महिना नबितिसक्दा वर्तमान मेयरले झुलुङ्गे पुलको शिलान्यास गरेको...
संघीय निर्वाचनमा उम्मेदवारी दिने सञ्चारकर्मी लामिछानेको घोषणा

संघीय निर्वाचनमा उम्मेदवारी दिने सञ्चारकर्मी लामिछानेको घोषणा

राजनीति, समाचार
२ असार, काठमाडौँ । कार्यक्रम सीधा सवालबाट प्रसिद्ध भएका सञ्चारकर्मी रवि लामिछानेले संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्‌मा पुर्‍याउन चाहेको भन्दै उनले आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गरी सञ्चारकर्मी लामिछानेले आजैबाट आफू पूर्णकालीन राजनीतिमा आएको बताए । उनले आफ्नो राजनीतिक यात्राको औपचारिक घोषणा र योजनाहरु बारे असार ७ गते काठमाडौंस्थित सभागृहबाट सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ लिन खोजिनँ, बरु आफ्नो अलग्गै ठाउँ बनाउने कोसिस गरें । अब म आफ्नो आवाजलाई टीभीबाट संसद्‌मा पुर्‍याउन चाहन्छु‚’ उनले लेखेका छन् । आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको बताउँदै उनले आजबाट पूर्णकालीन राजनीतिमा आएको बताएका छन् ।...