५ आश्विन २०८०, शुक्रबार

राजनीति

६५ अर्बको हाराहारीमा बजेट ल्याउँदै बागमती प्रदेश सरकार

६५ अर्बको हाराहारीमा बजेट ल्याउँदै बागमती प्रदेश सरकार

राजनीति, समाचार
हेटौंडा,जेठ २५- बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आवको तुलनामा १० अर्बसम्म बढेर आउनसक्ने बताएका छन्। केहिदिन अघि हेटौंडामा आयोजित उद्योग वाणिज्य संघ बागमती प्रदेशको पाचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदश सरकारको बजेट १० अर्बसम्म बढ्न सक्ने बताएका हुन्। मुख्यमन्त्री पाण्डेले भने अनुसार १० अर्ब रुपैयाँ वृद्वि भए आगामी आर्थिक वर्षमा प्रदेश सरकारको ब...
अभियुक्तकै प्राडो चढाएर अदालत पुर्‍याइन्छ बलात्कृत नाबालिका, बयान पनि फेरियो

अभियुक्तकै प्राडो चढाएर अदालत पुर्‍याइन्छ बलात्कृत नाबालिका, बयान पनि फेरियो

राजनीति, समाचार
११ जेठ । साँझ साढे ५ बजे जिल्ला अदालत ललितपुरको प्रांगणमा एउटा निजी प्राडो कार आएर रोकियो । ४०/४५ वर्षकी महिला प्राडोबाट ओर्लिन् । ती महिलासँगै तीर्थराज चटौत, राधा चटौतसहित केही मानिस कारबाट ओर्लिए । कारभित्र १४ वर्षीय एक नाबालिका थिइन् । कारबाट ओर्लिएर महिला अदालतभित्र छिरिन् भने अरु गाडी छेउछाउ टहलिए । यो गाडीमा सवार हुनेहरू बलात्कारसम्बन्धी मुद्दाको पीडित पक्ष र अभियुक्त पक्ष हुन् । कानुनी भाषामा वादी र प्रतिवादी । अदालतमा हाजिर हुन, बकपत्र (बयान) गराउन पीडित पक्षलाई अभियुक्तले यसैगरी गाडीमा लाने लैजाने गरिरहेका छन् । ‘कानुनी रूपमा पीडित बालिका हाम्रो पक्ष हो । तर, प्रतिवादी पक्षले उसलाई अदालतमा ल्याउने/लैजाने गरिरहेको दृश्य हेर्नुपरिरहेको छ,’ ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकर भन्छिन् । उक्त दिन अभियुक्तको गाडी चढेर आएकी पीडितकी आमा छोरीलाई गाड...
माओवादीमा महासचिवको खोजी, प्रचण्ड बैठक सारेको सार्‍यै

माओवादीमा महासचिवको खोजी, प्रचण्ड बैठक सारेको सार्‍यै

राजनीति, समाचार
माओवादी केन्द्रको २० फागुन ०७८ को केन्द्रीय समितिको बैठकका ६ वटा एजेण्डामा थियो- महासचिव चयन । त्यसबाहेक त्यसदिनको बैठकमा स्थायी समिति र पोलिटब्युरोसहित पदाधिकारी चयन गर्ने पनि भनिएको थियो । त्यस बैठकका ६ वटा एजेण्डामध्ये यी एजेण्डामा प्रवेश नै गरेन र निर्णय गर्‍यो- स्थानीय चुनावपछि चयन गर्ने । त्यसका लागि २० जेठ ०७९ मा बैठकको मिति तोकियो । यो दिनको बैठकमा पदाधिकारी चयनमात्र होइन, एमसीसीका विषयमा पनि छलफल गर्ने भनिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले २० जेठको बैठक नै सामसुम पारिदिएका छन् । भौतिक उपस्थितिमा हुने भनिएको बैठकलाई भर्चुअल बैठकमा परिणत गरियो । बैठक बस्नु केही घण्टाअघि १५ असारलाई सारियो । महाधिवेशनपछि प्रचण्डले जसरी केन्द्रीय समितिको बैठक र पदाधिकारी चयनको एजेण्डालाई धकेल्दै लगेका छन्, त्यसैले सजिलै महासचिव चयन हुने छाँटकाँट देखिएको छैन । प्रचण्डले सम्भावित परिस्थितिको आ...
कांग्रेसबाट धोका पायौँ भनेर उफ्रिने हो भने गठबन्धन अगाडि जान सक्दैनः धनराज गुरुङ

कांग्रेसबाट धोका पायौँ भनेर उफ्रिने हो भने गठबन्धन अगाडि जान सक्दैनः धनराज गुरुङ

अन्तर्वार्ता, राजनीति, समाचार
नेपाली कांग्रेसमा पाँचदलीय गठबन्धनको चर्को आलोचकमा पर्छन्, उपसभापति धनराज गुरुङ । स्थानीय तह निर्वाचनअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै 'चुनाव जित्न हात्तीको कानमा ओत लागेका चमेरा'सम्म भनेका थिए । तर, कांग्रेसले चुनावी गठबन्धन गरेपछि उनी चुपचाप पार्टी निर्णय स्वीकारेर गठबन्धन जिताउन हिँडे । आउँदो कात्तिक/मंसिरमा हुने प्रदेश र संघीय संसदको निर्वाचन नजिकिँदै जाँदा पुनः गठबन्धनको बहस सुरु भएको छ । गठबन्धनका मुख्य घटकहरू माओवादी केन्द्र र एकीकृत समाजवादी एकातर्फ स्थानीय चुनावमा कांग्रेसले इमानदारी नदेखाएको, धोका दिएको गुनासो गरिरहेका छन् भने अर्कोतर्फ आउँदो चुनावसम्मै गठबन्धन कायम रहने बताइरहेका छन् । पाँचदलीय गठबन्धनको भविष्य के होला ? गठबन्धन जोगाउन नेपाली कांग्रेसले के गर्दैछ ? यसै सन्दर्भमा शिलापत्रकर्मी जनक नेपालले कांग्रेस उपसभापति धनराज गुरुङसँग संवाद गरेका छन् ।...
कांग्रेस सांसदले राखे उपसभामुख पद खारेजीको माग

कांग्रेस सांसदले राखे उपसभामुख पद खारेजीको माग

राजनीति, समाचार
२५ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।...
लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

राजनीति, समाचार
२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ,’ बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’ उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष यादवले मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गरेका थिए । अध्यक्ष यादवले...