
१ असार, जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९—०८० का लाथि ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६।४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३।२१ प्रतिशत र वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ०।३५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।