१६ चैत्र २०८०, शुक्रबार

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्बको बजेट ल्याउने

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ४२ अर्बको हाराहारीमा बजेट ल्याउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै ८ अर्ब बढी रहनेछ ।चालु आर्थिक वर्षमा ३८ अर्बको बजेट ल्याइएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ ।बजेटको काम अन्तिम चरणमा पुगेको छ । बजेटमा करको दर परिवर्तन अथवा करको दायरा फराकिलो नगरिएको बताइएको छ ।प्रदेश सरकारको योजनाहरु बजेटमा समावेश गर्ने काम भइरहेको जनाइएको छ । संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।त्यसपछि ११ अर्ब रकम आन्तरिक राजस्व बाडफाँटबाट प्राप्त हुने र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत ३८ अर्ब रकम रहेको अर्थ मन्त्रालयका प्रवक्ता उद्धवराज न्यौपानेले बताए ।

उनले ४ अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल हुने जनाए ।बजेट सन्तुलित र सबै क्षेत्रलाई समेटिएको उनले बताए । गत आर्थिक वर्षमा तत्कालीन अर्थ मन्त्री विजय कुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।तर यस वर्ष बजेट अर्थ मन्त्री शैलेन्द्र साहले प्रस्तुत गर्ने छन् । प्रदेश सरकारको यो नै अन्तिम बजेट हुनेछ ।बजेट चुनाव लक्षित हुने धेरैको अनुमान छ ।प्रदेश सभाको चुनाव मंसिरमा हुने संभावना बलियो रहेको बेला प्रदेश सरकारले ल्याउन लागेको बजेट चुनावमुखी हुनु सामान्य हुनु बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *