१६ चैत्र २०८०, शुक्रबार

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो ।

आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५२ लाख ८१ हजार, संघीय सरकारबाट प्राप्त सशर्त रकम २३ करोड ३ लाख ६ हजार, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रकम १ करोड २५ लाख, संघीय सरकारबाट प्राप्त विशेष अनुदान रकम १ करोड ९१ लाख , प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रकम ३० लाख जम्मा रकम ५२ करोड ८५ लाख ५९ हजार को बजेट नगर प्रमुख साहले प्रस्तुत गर्नुृभएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जनताको आधारभूत आवश्यकतालाई विशेष ध्यान दिएर पूर्णतया कार्यान्वयनमा ल्याइने बजेटलाई कार्यान्वयनमा पूर्णतया पारदर्शी बनाइने पनि बताएका छन्।

नगर प्रमुख साहले नगर प्रमुखको हैसियतमा आफूले कुनै पनि सुविधा नलिने र आफूले पाउने सुविधालाई नितान्त गरिबका छोरीको बिहेमा दिने घोषणा पुनः सार्वजनिक गरेका छन्।
साथै रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौरको ऐतिहासिक सम्पदाको रुपमा चिनिएको तोपलाई पुनः गौर भन्सारमा फर्काउन तत्काल पहल गरिने बताएका छन्।
सन् १८१४ डिसेम्बर ३१ मा रौतहटमा अंग्रेजसित भएको युद्धको क्रममा अंग्रेज पक्षलाई हराएर स्थानीयबासीले तोपसहित थुप्रै हातहतियार खोसेका थिए। रौतहटेली वीरताको प्रतीकको रुपमा दशकौँदेखि नेपाल भारत सीमानजिक गौर भन्सारमा तोपलाई राखिएको थियो।

नेपालमा माओवादी द्वन्द्व सुरु भएपछि तोपलाई गौर भन्सारनजिकको प्रहरी चौकीबाट उठाएर वीरगंजस्थित एसएसपि कार्यालयमा लगिएको थियो। अहिले स्थानीय सरकार गठन भएपछि नवनिर्वाचित नगर प्रमुख साहले आफ्नो पहिलो नगरसभालाई सम्बोधन गर्दै गौरको सम्पत्तिको रुपमा रहेको ऐतिहासिक तोपलाई पुनः यथास्थानमा फर्काउन तत्काल पहल थालिने घोषणा गरेका हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *