१३ बैशाख २०८१, बिहीबार

संघीय निर्वाचनमा उम्मेदवारी दिने सञ्चारकर्मी लामिछानेको घोषणा

२ असार, काठमाडौँ । कार्यक्रम सीधा सवालबाट प्रसिद्ध भएका सञ्चारकर्मी रवि लामिछानेले संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्‌मा पुर्‍याउन चाहेको भन्दै उनले आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।बिहीबार फेसबुकमार्फत भिडियो सन्देश जारी गरी सञ्चारकर्मी लामिछानेले आजैबाट आफू पूर्णकालीन राजनीतिमा आएको बताए । उनले आफ्नो राजनीतिक यात्राको औपचारिक घोषणा र योजनाहरु बारे असार ७ गते काठमाडौंस्थित सभागृहबाट सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ लिन खोजिनँ, बरु आफ्नो अलग्गै ठाउँ बनाउने कोसिस गरें । अब म आफ्नो आवाजलाई टीभीबाट संसद्‌मा पुर्‍याउन चाहन्छु‚’ उनले लेखेका छन् ।

आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको बताउँदै उनले आजबाट पूर्णकालीन राजनीतिमा आएको बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *