१४ चैत्र २०७९, मंगलवार

नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

90

१२ असार, विरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।

आव २०७७र८७ को साउनदेखि जेठसम्मको ११ महिनामा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ ।

गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0