
७ असार, रौतहट । विदेशी बुहारीलाई नागरिकता दिने लामो अवधिका कारण तराईका युवाहरुको बिहे हुन छोडेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसद अनिल कुमार झाले बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने बाध्यताका कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिनै छोडेको बताएका हुन् ।
उनले भने, ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय केटीहरू अब नेपालमा बिहे गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ रु राज्यले त्यसको व्यवस्था के गर्न सक्छ रु’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ ।