७ असार, वीरगञ्ज । लगभग साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेका छन् ।
अकुवा टोलमा अवैध रुपमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले मंगलबार पञ्जियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनि आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पञ्जियारको साथबाट प्रहरीले ४ किलो ३ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले बताए ।
प्रहरीले उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले जानकारी दिए ।