१४ बैशाख २०८१, शुक्रबार

रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

१० असार, रौतहट। रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।रौतहट जिल्लामा सबै भन्दा पहिलो नीति तथा कार्यक्रम र बजेट राजदेवी नगरपालिकाले सार्वजनिक गरेका थिए । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् भने धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । रौतहटमा १८ वटा पालिकाहरु मध्ये राजदेवी नगरपालिका, गढीमाइ नगरपालिका र इशनाथ नगरपालिका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन ।
पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *