२१ बैशाख २०८१, शुक्रबार

विविध

१५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

१५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

राजनीति, विविध, समाचार
२२ मंसिर, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले १५ लाख मूल्य बराबरको भन्सार छलीका सामाग्रीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिउकीस्थित सडकखण्डबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले २ सय ३० क्वीन्टल गहुँ र ८० क्वीन्टल सखर बरामद गरेको हो । भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा ना। २ त ४०३६ नम्बरको सोनालिका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उनका अनुसार नियन्त्रीत ट्याक्टरलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।...
रौतहटमा विद्यार्थीलाई दुर्ववहार गरेको आरोपमा शिक्षक पक्राउ

रौतहटमा विद्यार्थीलाई दुर्ववहार गरेको आरोपमा शिक्षक पक्राउ

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
२१ मंसिर, रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको यमुनामाई गाउँपालिका वडा नंबर ४ सरुअठामा रहेको श्री जनता माध्यमिक बिधालयका स्थानीय शिक्षक बिजय सिंहले कक्षा ५ मा अध्ययनरत एक छात्रा बिधार्थीलाई दुर्ववहार गरेको छ । बिधार्थीलाई दुर्ववहार गरेको भन्दै स्थानीयले विद्यालय घेराउ गरि विद्यालय माथी ढुङ्गामुडा समेत गरेका थिए । भिडलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीय बिच झडप भएको थियो । झडपमा परि आधा दुर्जन प्रहरी घाइते भएका हुन् ।...
गौरका आगलगी पिडीतलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग, सहयोगी हातलाई मेयर साहले गरे धन्यवाद व्यक्त

गौरका आगलगी पिडीतलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग, सहयोगी हातलाई मेयर साहले गरे धन्यवाद व्यक्त

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१५ मंसिर, रौतहट । अमेरिकामा बस्दै आएका समाजसेवी तथा व्यवसायीहरुले रौतहट जिल्लाको गौर नगरपालिकाका आगलागी पीडितलाई १ लाख ७८ हजार भन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । अमेरिकाको न्युयोर्क अल्बानियामा बस्ने गौर निवासी समाजसेवी ईन्जिनियर लक्ष्मण केशरीको विषेश पहल र स्थानीय शिक्षक अफताब आलमको सहयोगमा सङ्कलित १ लाख ७८ हजार ८८८ विहीबार गौर नगरपालिकाको मेयर शम्भु साहको हातबाट उनकै कक्षमा पीडित परिवारलाई वितरण गरिएको छ । आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका लक्ष्मण केशरीले जानकारी दिए । गत मंसिर ७ गते बुधबार भएको आगलागीबाट गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य तीन जना गम्भीर घाइते भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भु...
गौरका मेयर साहद्वारा परिवार नियोजन शिविरको अनुगमन

गौरका मेयर साहद्वारा परिवार नियोजन शिविरको अनुगमन

विविध, समाचार, समाज, स्थानीय, स्वस्थ्य
५ मंसिर, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालय रौतहटको आयोजना तथा सुनौलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसोटोमी तथा मिनील्याप अपरेसन शिविरको गौर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गर्नु भयो । सो अवसरमा वडा अध्यक्ष साह , गौर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरको लाभ लिन जनसमुदाय संग अनुरोध गर्नु भयो । शिबिर २०७९ मंसिर १५ गते देखि १६ गते सम्म भैरहेको छ ।...
दुई हजार नक्कली नोट सहित पक्राउ परेको  साहको परिवार विच्चलीमा

दुई हजार नक्कली नोट सहित पक्राउ परेको साहको परिवार विच्चलीमा

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१५ मंसिर, रौतहट । प्रेमचन्द्र झा गौर नगर पालिका वडा नम्बर ४ का एक घरको मुली जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्रेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन। साहको श्रीमती रितादेवी साहले हात मुख जोडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो । ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन ।शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छोरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री म...
यमुनामाइ गापाका अध्यक्ष सउदले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

यमुनामाइ गापाका अध्यक्ष सउदले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१२ मङ्सिर । सोमबार । प्रदेश अनलाइन न्युज डेस्क चुनावको बेला उम्मेदवारका कुराहरुमा जादु हुन्छन , ती जादु भएका कुराहरुले मतदाताको मन तथा मत जित्न सफल भएका हुन्छन तर निर्वाचित भैसके पछि आफ्नो वास्तविक रङ देखाउने काम ती नेताहरुले गर्ने गरेका छन । २०७९ साल बैशाख ३० भएको स्थानीय चुनावमा मतदाताहरु बिगत ५ वर्षमा भ्रष्टाचारमा लिप्त रहेका उम्मेदवारको विकल्प खोज्न सुरु गरेका थिए । बिगत ५ वर्ष देखि आफ्नो एजेन्डा स्वरुप काम गर्न नसके हुँदा मतदाताहरु असन्तुष्ट भएर आफ्नो मत र जनप्रतिनिधि परिवर्तन गर्न सफल भए तर चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि जस्तो हुन गयो । नयाँ सोच र युवा सोचको जालमा सजिलै फसेका मतदाताहरु अहिले टाउकोमा हाथ राखेर पछुतो गर्दैछन । रौतहट जिल्लामा १८ वटा स्थानीय तह मध्ये १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरु परिवर्तन भए तर काम गर्ने ढंग र भ्रष्टाचारी गर्ने मान्सिकता लगभग परिवर्तन हुन सके...
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक, ६ वटा जिल्लाको नतिजा आउन बाँकी

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक, ६ वटा जिल्लाको नतिजा आउन बाँकी

राजनीति, विविध, समाचार, स्थानीय
११ मंसिर , रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ। सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। पछिल्लो पटक रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् भने महोत्तरी–१ बाट महोत्तरी–१ मा एमालेका लझ्मी महतो कोइली निर्वाचित भएका छन् । त्यसैगरी नेकपा ९माओवादी केन्द्र०ले १७, नेकपा ९एकिकृत समाजवादी०ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७ क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्। अझै ९ स्थानको नतिजा आइसकेको छैन। ६ स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छै...
पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

विविध, समाचार, स्थानीय, स्वस्थ्य
०५ कार्तिक, पर्सा । पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं।५ डुमरवाना घर भएका ३१ वर्षीय रमेश महरा छन् । उनी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए । कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनको मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा अपरान्ह साढे ४ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।...
नवलपरासीको सरावल गापा अध्यक्ष  र बर्दघाट नगरपालिका मेयरद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन

नवलपरासीको सरावल गापा अध्यक्ष र बर्दघाट नगरपालिका मेयरद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन

राजनीति, विविध, शिक्षा, समाचार
२ कार्तिक, नवलपरासी । बिनोद निगम निर्वाचन आयोगले रोक लगाए पनि स्थानीय तहका कर्मचारी तथा पदाधिकारीहरु चुनाबी प्रचारप्रसारमा सम्मिलित हुन छाडेका छैनन् । स्थानिय तहका पदाधिकारी तथा कर्मचारीले निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको निर्लज्ज तरिकाले उल्लंघन गरिरहेका छन । सधैजसो यो पटक पनि उदाहरणका लागि धेरै टाढा जानुपर्दैन । पश्चिम नवलपरासी सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी , उपाध्यक्ष बासमती हरिजन र बर्दघाट नगरपालिकाका मेयर सम्भुलाल श्रेष्ठले सामाजिक संजालमा आफूहरु पार्टी प्रचारप्रसारमा सहभागी भएको तस्बिर अपलोड गरेको देखिन सकिन्छ। निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई कुनैपनी उम्मेदवारको पक्ष विपक्ष तथा चुनाबी प्रचारप्रसार र कुनै पनि चुनाव सम्बन्धित कार्यक्रमहरुमा उपस्थिति नजनाउन आदेश दिएको थियो । तर हाम्रा स्थानीय प्रतिनिधिहरुले उक्त आदेश र निर्वाचन आचारसंहिताको प्रभावका...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

राजनीति, विविध, शिक्षा, समाचार, स्वस्थ्य
०१ कार्तिक । प्रदेश अनलाइन न्युज डेस्क । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।...