
२१ मंसिर, रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
रौतहटको यमुनामाई गाउँपालिका वडा नंबर ४ सरुअठामा रहेको श्री जनता माध्यमिक बिधालयका स्थानीय शिक्षक बिजय सिंहले कक्षा ५ मा अध्ययनरत एक छात्रा बिधार्थीलाई दुर्ववहार गरेको छ । बिधार्थीलाई दुर्ववहार गरेको भन्दै स्थानीयले विद्यालय घेराउ गरि विद्यालय माथी ढुङ्गामुडा समेत गरेका थिए ।
भिडलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीय बिच झडप भएको थियो । झडपमा परि आधा दुर्जन प्रहरी घाइते भएका हुन् ।