८ बैशाख २०८१, शनिबार

विविध

किसानका लागि मसिहा बन्दै मेयर बैजु यादव, प्रत्येक वडामा कृषिमा सिचाइ

किसानका लागि मसिहा बन्दै मेयर बैजु यादव, प्रत्येक वडामा कृषिमा सिचाइ

विविध
०१ कार्तिक । रौतहट । माधवनारायण नगरपालिकाले आफना नगर क्षेत्रका किसानहरुको कृषीमा सिचाईका लागि प्रत्येक वार्डमा विधुत लाईन विस्तार संगै ट्रान्सफर्मर जडान गर्ने भएका छन् । नगर क्षेत्रका प्रत्येक किसानको खेतमा सिचाई पु¥याउने गरि विद्युतीय लाईन विस्तार संगै ट्रान्सफर्मर जडान सहितको योजना अगाडी बढाएको नगर प्रमुख बैजनाथ यादव बैजुले बताउनु भएको छ । अकासे पानीको भारमा खेती गर्ने बाध्य रहेका किसानहरुले सिचाईको लागि भोग्दै आएको अनेकौ समस्याबाट छुटकारा दिलाउन नगरका किसानहरुलाई व्यवस्थित कृषीमा प्रोत्साहन गराउने उदेश्यले आफु विद्युतीय सिचाईको योजना अघी सारेको मेयर यादवले बताए । नेपाल विद्युत प्राधिकरणको सहकार्य र माधवनारायण नगरपालिकाको सहयोगमा नगरको प्रत्येक वार्डको छुटाछुटै ट्रान्सफर्मर र मिटर जडान गरि किसानहरुलाई निशुल्क सिचाईको लागि मोटर संचालन गर्ने र उक्त कार्यको लागि खपत हुने सम्पुर्ण विद्युत...
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटना , मृत्यु हुनेको संख्या  पुग्यो १६

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटना , मृत्यु हुनेको संख्या पुग्यो १६

विविध, समाचार, समाज, स्वस्थ्य
२० असोज । बारा । बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६(००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो वानपुर । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।मृतक सबैको सनाखत हुन बाँकी छ । इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।...
हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटमा १५ जना पक्राउ

हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटमा १५ जना पक्राउ

विविध, सम्पादकीय, स्थानीय
०९ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको रौतहट शाखाको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको विभिन्न स्थानबाट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा १५ जना पक्राउ परेका छन । रौतहटको लैकाहा, भेडियाही, नरकटिया, औरैया, राजपुर, बसन्तपट्टी, डुमरीया र पुरेनवा लगायतका स्थानबाट १५ जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरण गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए । पक्राउ परेकाहरुलाई विद्युत चोरीको खपत प्रकृति हेरेर सोही यूनिट अनुसार थप गरेर जरीवाना गर्ने गरिएको कार्यालयले जनाएको छ । रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरि जरिवाना असुल गर्ने काम प्राधिकरणले गरिरहेको उनले बताए । पछिल्लो समय प्राधिकरणको सक्रियताका कारण रौतहटमा चुहावट नियन्त्रण प्रभावकारी हुदै गएको छ । कुनै समय चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको...
पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
०८ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको गढीमाई नगरपालिका तथा माधवनारायण नगरपालिका स्थितका विभिन्न वाडहरुमा नेकपा एकृकित समाजवादी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शहरी विकासका विभिन्न आयोजनाको सडक निर्माण कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिका वडा नं. ६ सिंगारमन धर्मपुर तथा माधवनारायण नगरपालिका वडा नं. १ देखि ८ सम्मका विभिन्न सडकहरु निर्माणको शिलान्यास पूर्वप्रधानमंत्री नेपालबाट सम्पन्न भएको छ । प्रमुख अतिथिको रूपमा पुर्व प्रधानमंत्री माधव कुमार नेपाल नेपाली , नेपाली काङ्ग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव,ने क पा एस नेतृ सरला यादवको उपस्थितिमा सो कार्र्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्णा यादव , रामसिंहासन यादव मुखिया, गढीमाइ नपाका नगर प्रमुख श्य...
एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

विविध, शिक्षा, समाचार, समाज, स्थानीय, स्वस्थ्य
२८ भदौँ । गौर । प्रदेश अनलाइन न्युज ५८ औँ राष्ट्रिय बाल दिवस – २०७९ को उपलक्ष्यमा एस. आर. आर. मिडिया नेपाल प्रा. लि. द्वारा आयोजित हाम्रो आधार ः शिक्षा र स्वास्थ्यमा आमूल सुधार भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नं. ५ स्थित इन्टरनेशनल बाल एकेडमी (आइ. बि.ए.) ले जितेका छन । उक्त मिडिया कम्पनीका प्रवर्धक निर्देशक सावन यादवको अध्यक्षतामा सम्पन्न सो वक्तृत्वकला प्रतियोगिताको प्रमुख आतिथ्य गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका थिए । प्रतियोगिता कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्राकार महासँघ रौतहटका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल टिभीका वरिष्ट पत्राकार शैलेन्द्र गुप्ता , अतिथिका रुपमा ज्येष्ठ नागरिक समाजका अगुवा विजय झा, समाजसेवी ललन यादव , पत्राकार राकेश यादव तथा एस आर आर मिडियाका सम्पादक राजेश यादव गरेका थिए । गौर नगरपालिका भित्रका ९ वटा साम...
नवलपरासीका एक जना ३९ लाख नगदसहित नियन्त्रणमा

नवलपरासीका एक जना ३९ लाख नगदसहित नियन्त्रणमा

विविध, समाचार, समाज
१९ भदौ । कृष्ण गिरी , नवलपरासी नवलपरासीका एक जना श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका ६ का २२ वर्षीय टीकाराम भट्टराई रहेका छन्। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा सवार भट्टराईले ल्याएको कम्ब्याट झोलाभित्र ३९ लाख ५० हजार पाँच रुपियाँ फेला पारी प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले मोबाइल एक थान, हरियो रङको आर्मी कम्ब्याट झोला एक थान फेला परेको छ। उक्त सामानसहित भट्टराईमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।...
चामलको कालोबजारी गर्ने भारतीय व्यापारी रौतहटको सदरमुकामबाट पक्राउ

चामलको कालोबजारी गर्ने भारतीय व्यापारी रौतहटको सदरमुकामबाट पक्राउ

विविध, समाचार, समाज, स्थानीय
प्रदेश अनलाइन न्युज डेस्क १४ भदौ , रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरबाट कालोबजारी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ , ईण्डियन बाण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालोबजारी पक्राऊ परेको छ। गौरको रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएको स्थानीय र ग्राहकहरुको भनाई छ ‌। प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताको चामल पसलमा छापामारी गरेको थियो ।छापामारीको क्रममा प्रहरीले निज गुप्ताको पसलबाट लोकल खुला चामल ५० बोरा, २९२ बोरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बोरा र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल डिएसपीले जानकारी दिइका छन ।बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज राजेन्द्...
गौरमा युवाहरुको सक्रियतामा बरहवा तालको किनारामा वृक्षारोपन कार्यक्रम सम्पन्न

गौरमा युवाहरुको सक्रियतामा बरहवा तालको किनारामा वृक्षारोपन कार्यक्रम सम्पन्न

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
११ भदौ ,गौर । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौरका युवाहरुको सक्रियतामा हाम्रो गौर हरियो गौर मुल नाराका साथ गौर स्थित बरहवा तालका किनारामा विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं. ५ र वडा नं. ८ पुरेनवा स्थित रहेका बरहवा तालको किनारामा लगभग ३ किलो मिटर जतिमा विभिन्न किसिमका २०० भन्दा बढी बिरुवा रोपी भव्यताका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सयौका संख्यामा उपस्थित भएका युवा , पत्राकार तथा बालबालिकाहरु हर्सोउल्लासका साथ विरुवा रोपी वृक्षरोपण कार्यक्रम मनाएका छन । कार्यक्रम गौर निवासी युवा समाजसेवी बिक्रम यादव, युवा नेता ललन यादव , युवा पत्राकार आर एन साह र आइ. बि. ए. बिधालयका संचालक तथा प्रधानाध्यापक सन्तोष पौडेलको विशेष सक्रियता तथा पहलमा आयोजना भएको छ । आज रोपेका विरुवाहरुलाइ संरक्षणका लागि भोलि बाँसको जाली लगाउने र हामी सधैँ नि...
पश्चिम नवलपरासीका नाकामा तस्करलाई सशस्त्रकै संरक्षण, सिडिओ मुखदर्शक नाकामा नेपाल प्रहरी , सशस्त्र प्रहरी बलको असुली धन्दामा

पश्चिम नवलपरासीका नाकामा तस्करलाई सशस्त्रकै संरक्षण, सिडिओ मुखदर्शक नाकामा नेपाल प्रहरी , सशस्त्र प्रहरी बलको असुली धन्दामा

विविध, समाचार, समाज
भदौ ६ । नवलपरासी । बिनोद निगम नवलपरासीको खुला सिमानामा हुने अवैध धन्दा रोक्न खटिएको सुरक्षाकर्मी स्वयम अवैध असुली धन्धामा लागेका छन । भारतसँग खुला सीमाना रहेको नवलपरासीमा मुख्य नाका बाहेक भित्री नाकाबाट पनि अवैधरुपमा मालसमान तस्करी हुँदै आएको पाइएको छ । तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर नवलपरासीका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेको स्रोत बताएको छ । नवलपरासी नाकाको पुर्वतिर खटिएको सशस्त्र प्रहरीले सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको बनाएको भिडियोमा प्रष्ट देखिएकोे छ । यहाँसम्मकी तस्करहरुलाई सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको भिडियोमा स्पष्ट देख्न सकिन्छ । नाकाको पुर्ब पश्चिमतिरको क्षेत्रबाट भारतबाट तस्करसँग मिलेर एसपीको निर्देशनमा मातहतको सशस्त्र प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउँ...
श्रीमतीको बलात्कार आरोपमा श्रीमान पक्राउ

श्रीमतीको बलात्कार आरोपमा श्रीमान पक्राउ

विविध, समाचार, समाज
०३ भाद्र । मकवानपुर । श्रीमतीको बलात्कार आरोपमा श्रीमान पक्राउ परेका छन् । आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्कीलाई पक्राउ गरेका छन् । २५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।...