१४ चैत्र २०७९, मंगलवार

दुई हजार नक्कली नोट सहित पक्राउ परेको साहको परिवार विच्चलीमा

332

१५ मंसिर, रौतहट । प्रेमचन्द्र झा
गौर नगर पालिका वडा नम्बर ४ का एक घरको मुली जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्रेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन। साहको श्रीमती रितादेवी साहले हात मुख जोडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो । ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन ।शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छोरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री मान जेल परे पछि गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले पठाई दिनु भएको चामलको भात पकाएर बिरामी छोरालाई खुबाउदैछु । मात्र दुई हजार नक्कली नोटका कारण जेल परेका श्रीमानलाई जेल मुक्त गराई दिन उनले सबै पक्षसंग याचना गरेकी छिन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0