१६ बैशाख २०८१, आईतवार

समाज

पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

शिक्षा, समाचार, समाज, स्थानीय
२ साउन, नवलपरासी । विनोद निगम तराईका विभिन्न भुभागमा लामो समयदेखि पानी नपरेकोले खडेरीका कारण आजित बनेका किसानहरु पानी पराउने आशमा विभिन्न नितिनियम पालना गरिरहेका छन । तराईका केही जिल्लामा देबि देवता भएको मन्दिर बाध्ने , आफु आफुमा हिलो र पानी छर्किने , भजन कृतन गर्ने , भक्ति अराधना गर्ने र महिलाहरु जागरन बस्ने लगाएतका क्रियाकलाप गरिरहेका छन । त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।...
गौरमा आगलागीबाट ४ जनाको घर जलेर नष्ट, नगरप्रमुख साह द्वारा पिडित प्रति परिवारलाई २० हजारको दरले राहत दिने घोषणा

गौरमा आगलागीबाट ४ जनाको घर जलेर नष्ट, नगरप्रमुख साह द्वारा पिडित प्रति परिवारलाई २० हजारको दरले राहत दिने घोषणा

समाचार, समाज, स्थानीय
२ साउन , रौतहट । सावन यादव रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलियामा आज भएको आगलागीको घटनामा ४ वटा कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । खाना पकाउने सिलेन्डर बाट सल्केको आगोले स्थानीय वकिल चन्द्रवन्शी, ढोरा चन्द्रवन्शी, मलक चन्द्रवन्शी र ललन चन्द्रवन्शीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट लाखौको सम्पति जलेर नष्ट भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई आगलागी बारे जानकारी प्राप्त हुना साथ गौर नगरपालिकाको वारुण यन्त्र लाइ मेयर साहले घटनास्थल तर्फ पठाएका थिए भने सो गए लगतै मेयर साह आफू स्वयं घटना स्थल पुगि घटना बारे समग्र जानकारी लिएका छन । आगलागीको घटना भए लग्तै पुगेको गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगले गर्दा समयमै आगो नियन्त्रण भएकोले थप क्षती हुन बाट जोगिएको स्थानीयहरुको भनाइ रहेको छ । घटना स्थलमा वडा नं. ४ का वडाध्यक्ष संजय गिरी सहित गौर नगरपालिका का...
गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी  प्राविधिक पक्षको कार्यको शुरूवात

गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी प्राविधिक पक्षको कार्यको शुरूवात

राजनीति, समाचार, समाज, स्थानीय
०१ साउन, रौतहट । गएको साता गृहनगर आएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह सहितको जनप्रतिनिधिहरु बिच गौर नगरपालिकाको समग्र विकासका लागी तैयार भएको रणनीति र योजनाहरु अन्तर्गत गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी आज बाट प्राविधिक पक्षको कार्यको शुरूवात भएको छ । ढलको समस्या समाधानका लागी प्रारम्भिक चरणमा drain & sewerage at gaur municipality प्रोजेक्ट अन्तर्गत सो कार्यको डिपिआर गर्नु पर्ने भएको हुदा सिईएमसी बाट आएका इन्जिनियर अजित कर्ण सहितको टिमका साथ गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिकाको विभिन्न क्षेत्रको अनुगमन गरेका छन । नगरप्रमुख शम्भु साहको विशेष पहलमा सो परियोजनाको लागी सर्वे गर्न आएको सो समुहका इन्जिनियर अजित कर्णका अनुसार डिपिआर गर्न करिब एक महिना लाग्ने छ । ढल निकासका लागी शुरु हुने drain & sewerage at g...
निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा पुरा गर्दै नगरप्रमुख साह

निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा पुरा गर्दै नगरप्रमुख साह

समाचार, समाज, स्थानीय
०१ साउन , रौतहट । विगत ३ वर्ष देखि खानेपानी संस्थान गौरले प्रयास गरेपनी वडा नम्बर ९ सिर्सिया मा रहेको खानेपानी परियोजना को पानीलाई गौर नगर क्षेत्रमा ल्याउन सकिएको थिएन । तर गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह ज्युले निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा ” हर घर धारा ” अनुरुप को अवधारणालाई कार्यान्वयनमा ल्याउन गौर नगरपालिकाको वडा नम्बर ९ मा रहेको खानेपानी संस्थानको पानीलाई गौर नगरक्षेत्रमा संचालन रहेको खानेपानीमा गाभेर अब गौर नगर क्षेत्रमा खानेपानीको वितरणमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पहिलो पाइला अगाडि बढाएका छन । वडा नम्बर ९ का वडा अध्यक्ष अर्जुन सिंहको महत्त्वपूर्ण सहकार्य र सहयोगको परिणाम स्वरुप नगरप्रमुख साहले सो वडामा रहेको खानेपानी ट्यान्कीको पानी गौर भित्रीयाउन आवश्यक निर्माणको कामहरु अगाडि बढाएका छन । सो काम सम्पन्न भए लग्तै अब गौर न...
श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

राजनीति, समाचार, समाज, स्थानीय
३१ असार, सलार्ही । सर्लाहीबाट पाँच लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उक्त रकमको श्रोत नखुलेको कारण भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन् । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको छ । बरामद भएको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
असारको महिना बितिसक्दा पनि पानी नपर्दा तराईका अधिकांश खेत खेत सुक्न थाले ।

असारको महिना बितिसक्दा पनि पानी नपर्दा तराईका अधिकांश खेत खेत सुक्न थाले ।

विविध, समाचार, समाज
बिनोद निगम / ३० असार / नवलपरासी पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानले रोपाइँ गरेको धान जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको नवलपरासीका किसानलाई खेतमा रोपाईं सकेको धान लाई जोगाउन कठिन भएको छ । समयसमयमा पानी नपरेको कारण नवलपरासी जिल्लाको रामग्राम र पाल्हिनन्दन, सरावल र लगायतका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तामा परेका छन् । नवलपरासीको रामग्रामका स्थानियहरुले भने सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको नवलपरासीका स्थानीयले बताएका छन् ।...
नवलपरासीको बडसार बाट लागु औषध सहित ३ जनालाई पक्राउ

नवलपरासीको बडसार बाट लागु औषध सहित ३ जनालाई पक्राउ

विविध, समाचार, समाज
२८ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं ६ बडसारबाट लागु(औषध सहित ३ जनालाई पक्राउ गरीएको छ । बिशेष सुचनाको आधारमा आज मङ्गलबार महेशपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बड्सारबाट लागु(औषध उनीहरुलाई पक्राउ गरेको हो । बडसारका पारसनाथ गुप्ताको घरमा बरामद गरीएको लागु औषध प्याकिङ गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने बर्ष १७ का प्रलाद कहाँर, बर्ष १८ का राजन गुप्ता र बर्ष १५ का कृष्ण मोहन सहानीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुको साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरीएको हो । उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप ...
बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

राजनीति, शिक्षा, समाचार, समाज
२८ असार, काठमाण्डौँ । प्रतिनिधिसभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय हदम्याद बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ । पारित विधेयक अनुसार अब नाबालकको हकमा यौन हिंसा र बलात्कार जन्य घटना भएको भए १८ वर्ष पुगेपछि ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हुन्छ । यस्तै, बालिगको हकमा हिंसा बलात्कार भएको एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने पर्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले घटना भएको २ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था राखेको छ । यस्तै, थु...
वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

राजनीति, समाचार, समाज
२७ असार, कृष्ण गिरी । नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार हिजो प्रदर्सन गरेका छ्न । गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता न गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी हिजो आक्रोशित गरेको स्थानिय बासिहरुले बताएका छ्न । राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुईजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका हुन । वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डम...
मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२६ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क मोटरसाइकलको ठोकरबाट रौतहटको गौर नगरपालिका वडा नं. ७ सिसवा घर भएका ६० वर्षिय नन्दकिशोर पाण्डेको उपचारको क्रममा मृत्यू भएको छ । ्आज आइतवार दिउँसो साढे ३ बजेको करिबमा भारतीय नम्बर प्लेटको अनटेस्ट मोटरसाइकलले ठोकर दिदाँ घाइते पाण्डे घाइते भएको थियो । ठोकर दिनेमा परोहा नगरपालिका वडा नं. १ जिगंडवा निवासी तरुण दलका जिल्ला सभापति मोहम्मद नौसाद आलमको १६ वर्षको छोरा हर्ष आलम उर्फ जियाद आलम रहेको प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार गौर नगरपालिका वडा नं. ५ घर भएका अच्छेलाल यादवको १६ वर्षिय छोरा धिरज कुमार यादवको टाउको र दाँतमा समेत चोटपटक लागेको छ । साथै गौर वडा नं. ३ निवासी राजमंगल साहको १६ वर्षको छोरा सुमित कुमार साहको दाहिने हात र खुटामा चोट लागेको प्रहरीले जनाएको छ ।...