१६ चैत्र २०८०, शुक्रबार

मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

२६ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
मोटरसाइकलको ठोकरबाट रौतहटको गौर नगरपालिका वडा नं. ७ सिसवा घर भएका ६० वर्षिय नन्दकिशोर पाण्डेको उपचारको क्रममा मृत्यू भएको छ ।
्आज आइतवार दिउँसो साढे ३ बजेको करिबमा भारतीय नम्बर प्लेटको अनटेस्ट मोटरसाइकलले ठोकर दिदाँ घाइते पाण्डे घाइते भएको थियो । ठोकर दिनेमा परोहा नगरपालिका वडा नं. १ जिगंडवा निवासी तरुण दलका जिल्ला सभापति मोहम्मद नौसाद आलमको १६ वर्षको छोरा हर्ष आलम उर्फ जियाद आलम रहेको प्रहरीले जनाएको छ ।
साथै मोटरसाइकलमा सवार गौर नगरपालिका वडा नं. ५ घर भएका अच्छेलाल यादवको १६ वर्षिय छोरा धिरज कुमार यादवको टाउको र दाँतमा समेत चोटपटक लागेको छ । साथै गौर वडा नं. ३ निवासी राजमंगल साहको १६ वर्षको छोरा सुमित कुमार साहको दाहिने हात र खुटामा चोट लागेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
6
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *