१ जेष्ठ २०८१, मंगलवार

राजनीति

भारतीय ठेकेदार को दादागिरी नेपाली भूमि सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

भारतीय ठेकेदार को दादागिरी नेपाली भूमि सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

राजनीति, समाचार
बिनोद निगम / नवलपरासी / १४ जेठ । पश्चिम नवलपरासीको सुस्तामा भारतीय ठेकेदारले नदीजन्य पदार्थको चरम दोहन गर्दा गरेको छन् । सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याबमा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरू जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौँडा गर्ने काम र स्परहरुको मर्मत र नयाँ निर्माणसमेत गरिदैं छ । यही कामलाई देखाएर भारतीय ठेकेदारले सुस्तामा चरम दोहन गरेका हुन् । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गर्नु भयाे । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउँदा मापदण्ड विपरीत चरम दोहन भइरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाएका कारण भारतीय ठेकेदारको दोहन रोक्न नसकिएको उहाँको भनाई छ। रोयल्टी लिएर ३० हजार घन फिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिए पनि पछिल्ल...
रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

राजनीति, समाचार, स्थानीय
४ जेठ, रौतहट । प्रदेश अनलाइन न्युजडेस्क । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा ४ सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिएका छन । बिहीबार करिब तीन बजेको समयमा राजपुर नगरपालिका ६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी दिएका छन ।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक कर्वहीको लागि रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै प्रहरीले बताए ।...
माधवनारायण नपा ८ का  वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

माधवनारायण नपा ८ का वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

राजनीति, समाचार, स्थानीय
जेठ ३ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा न। ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास भएको छ । आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ९बैजु० प्रसाद यादव र वडा न। ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले संयुक्ति रुपमा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास गरेका छ्न । वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले वडा कार्यालयको भवन निर्माणका लागि आफ्नो निजि १६ धुर जग्गा निशुल्क दान गरेका छ्न । वडा अध्यक्ष महतोले जग्गा दान गरि वडामा मात्रै नभइ जिल्लामा नै ऐतिहासिक कार्य गरेका छन । आफ्नो निजी सम्पत्ति दान गरि वडा वासीका लागि गरेका आहुतीले जनमानसमा चर्चाको विषय बनेको छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादव, वडा अध्यक्ष योगेन्द्र प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव प्रसाद , प्रशासन शाखा प्रमुख पृथ्वी यादव, प्राबिधिक विरेन्द्र प्रसाद लगायत स्...
माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
३ जेठ । रौतहट । प्रदेश अनलाइन न्युुज डेस्क रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन । माधोपुर स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दै सो भवन निर्माणको लागि शिलान्यास भएको नगरप्रमुख यादवले जानकारी गराएका छन । नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको दुई कोठे भवनको कुल लागत २४ लाख रहेको माधवनारायण नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवले जानकारी गराएका छन । सो शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ प्रसाद यादव , वडा नं. ६ का वडा अध्यक्ष राम नरेश राय यादव, नगरपालिकाका कर्मचारीहरु, भद्रभलादमी, सञ्चारकर्मी लगायत नगरवासीको उपस्थित रहेको थियो । स्वास्थ्य चौकीमा भवन निर्माण हुने भएकोले स्थानीयवासी खुशी व्यक्त गरेका छन ।...
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटायो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटायो

राजनीति, विविध, समाचार
३ जेठ ÷ काठमाण्डौँ । डिजेल र मट्टीतेलको भाउ घटेको छ। मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १५५ रूपैयाँ लिटर पर्नेछ। यसअघि डिजेल र मट्टीतेलको १६५ रूपैयाँ थियो। भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँ घटेर आएको हो। हाललाई पेट्रोलको भाउ भने यथावत नै राखिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य पनि यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन ९आन्तरिक० को मूल्य लिटरको १६० रूपैयाँ छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूल...
पूर्वगृहमन्त्री खाणले बिचौलियाबाट लिएको रकम मध्ये एक करोड रूपैयाँ गरे फिर्ता

पूर्वगृहमन्त्री खाणले बिचौलियाबाट लिएको रकम मध्ये एक करोड रूपैयाँ गरे फिर्ता

राजनीति, विविध, समाचार
३ जेठ / काठमाण्डौँ । भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ। उक्त रकम गृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए। भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो। खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो। त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम ...
दिनहुँ रौतहट जल्दै , १८ वटा मध्ये १६ वटा पालिकासँग छैन वारुण यन्त्र

दिनहुँ रौतहट जल्दै , १८ वटा मध्ये १६ वटा पालिकासँग छैन वारुण यन्त्र

राजनीति, समाचार, समाज, स्थानीय
२७ चैत, रौतहट/प्रदेशअनलाइन न्युज डेस्क । रौतहटमा दिनहुँ आगलागीको घटना घट्दै गएको छ । पछिल्लो १५÷२० दिन देखि रौतहटको कुनै न कुनै ठाउँमा आगलागीको घटना घटेकै छ । आगलागीको घटनाले रौतहटवासी त्रसित बनेको छन । आगलागीमा परेर सयौ जनावरहरु जलेर मरिसकेको छ भने करौडौको सम्पति जलेर नष्ट भैसकेको छ । रौतहटमा जम्मा २ वटा पालिकासंग आगो निभाउने दमकल भएको कारणले आगोलाई निभाउन असहजता भएको छ । जिल्लाको दक्षिणमा गौर नगरपालिकामा र उत्तरमा चन्द्रपुर नगरपालिकामा मात्रै १÷१ वटा वारुण यन्त्र रहेको छ । अरु १६ वटा पालिकामा दमकलको अभावले गर्दा आगलागीको घटनाले बढी क्षति पुर्याएको छ । जिल्लामा सबैभन्दा बढी इशनाथ नगरपालिकामा आगलागीको घटना भए पनि त्याहाँका पालिकाले वारुण यन्त्रको व्यवस्थापन गर्ने सम्बन्धी ध्यानाकर्षण पुर्याउन सकेको छैन । अनावश्वक रुपमा डोजर र टेक्टर किन्न सकिने पालिकाहरु वारुण यन्त्रबाट कुनै किसिमका फाइदा...
राैतहटमा विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट

राैतहटमा विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट

राजनीति, शिक्षा, समाचार
  चैत्र १३गते प्रेमचन्द्र झा राैतहट । सदर मुकाम गाैर स्थित गाैरी शंकर यादव कयाम्पसले विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट दिईरहेका छन । सो परिक्षाकेन्द्रको सामाजिक संजाल र टिकटकमा भाईरल भएको भिडियो र फोटोले परिक्षाको चिरहरण भएको जस्तो देखिएकोछ । सोमबार विविएस चाैथाे वर्षको फन्डामेन्टल अफ काेरपाेरेट फाईनान्स (Fundamental Of Corporate Finance ·)परिक्षाको बाहिरी बाताबरण हेर्दा २०/२५ वर्ष पहिले भारत बिहारको भन्दा खतम सतरको परीक्षा हाम्रो नेपालमा भई रहेको प्रमाणित गराएका छन । त्रिभुवन विश्वविद्यालयसंग आवद्व क्याम्पसमा फाईन परिक्षाको यो अवस्था हेरेर लाज मर्दाे बनाउने काम भएकाे हाे। परीक्षा रद गर्न स्थानिय शिक्षक सन्तोष पाैडेलले माग गर्नु भएकोछ ।सो परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय गाैरबाट६जनाको टोली समेत परिचालन गरिएको सो कार्यालयबाट बुझिएकोछ ।सो...
मधेस आन्दोलनका मान्यतालाई संरक्षण गर्न गाैर नगर प्रमुखसंग लोसपाको माग

मधेस आन्दोलनका मान्यतालाई संरक्षण गर्न गाैर नगर प्रमुखसंग लोसपाको माग

राजनीति, समाचार
चैत्र १३ गते प्रेमचन्द्र झा राैतहट । लाोकतान्त्रिक समाजवादी पार्टी नेपाल राैतहट मधेस आन्दोलनले स्थापित गरेका मान्यतालाई संरक्षण गर्नमाग गर्दै गाैर नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । मधेस क्रान्ति चाैकले परिचित स्थानमा नगरपालिकाले निर्माण गर्नलागेको घण्टाघर तथा विपिकोईरालाको शालिक राखिने स्थान वरिपरि मधेस आन्दोलनमा राैतहटबाट शहिद हुनेको शालिक राख्नु पर्नेमाग गरेकाछन ।ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार व्यक्ति समय अनुसार राजनैतिक दल परिवर्तन गरे संगै दायित्व परिवर्तन हुदैन ।तत्कालिन अवस्था प्रति गम्भीर भई निर्णयमा पुनरविचार गर्न ज्ञापन पत्रमार्फत अनुराध गरेका छन ।गाैर नगरप्रमुख शम्भुसाहले ज्ञापन पत्रबुझ्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लिला प्रसाद साहले गरेका माग सम्बन्धित दलसंगको बैठक बोलाई सम्बोधन गर्ने बताए ।एतिहासिक मधेश आन्दोलनको मान्यतासंग जाेडिएर ज्ञापनपत्रमार्फत गरिएको मा...
गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

गरुडामा अनसनरत दिपक यादवको स्वास्थ्य अवस्था गम्भिर , यादवको समर्थनमा सदरमुकाममा प्रदर्शन

राजनीति, विविध, समाचार, समाज, स्थानीय
१० चैत, रौतहत । प्रदेश अनलाइनन्युज डेस्क । रौतहटको गरुडा नगरपालिकामा अनियमितता तथा व्यापक भ्रष्टाचार भएको भन्दै गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव कर्मचारीहरुको विवरण लयागत १२ बुंदे माग राखी आमरण अनसनमा बसेको ६ दिन बितिसक्दा पनि अनसनलाई लिएर नगरपालिकाबाट ठोस निर्णय आउन सकेको छैन । विभिन्न किसिमका प्रलोभन दिएर अनसन तोडन लगाउन नगरप्रमुख कन्थमुनी जैशवालले कसरत गरिरहेको तर माग गरेका कागजात उपलब्ध गराउन नसकेको अनसनरत यादवले जानकारी दिएका छन । यता ६ दिन देखि एक थोप्पो पानी समेत खान नपाउँदा यादवको स्वास्थ्य अवस्था गम्भिर अवस्थामा पुगेको छ । दिपक यादवको मागहरु जायज छन र माग छिटो सम्बोधन होस भनी जिल्लाको सदरमुकाम गौरमा अनसनरत दिपक यादवको समर्थनमा जिल्लाका युवाहरु प्रदर्शन गरेका छन । रौतहट क्षेत्र नं. १ क का विधायक प्रत्यासी तथा युवा नेता विक्रम यादवको नेतृत्वमा सयौं युवाहरुको संख्यामा निस्क...