१४ बैशाख २०८१, शुक्रबार

माधवनारायण नपा ८ का वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

जेठ ३ । रौतहट ।

रौतहटको माधवनारायण नगरपालिका वडा न। ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास भएको छ । आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ९बैजु० प्रसाद यादव र वडा न। ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले संयुक्ति रुपमा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास गरेका छ्न । वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले वडा कार्यालयको भवन निर्माणका लागि आफ्नो निजि १६ धुर जग्गा निशुल्क दान गरेका छ्न । वडा अध्यक्ष महतोले जग्गा दान गरि वडामा मात्रै नभइ जिल्लामा नै ऐतिहासिक कार्य गरेका छन । आफ्नो निजी सम्पत्ति दान गरि वडा वासीका लागि गरेका आहुतीले जनमानसमा चर्चाको विषय बनेको छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादव, वडा अध्यक्ष योगेन्द्र प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव प्रसाद , प्रशासन शाखा प्रमुख पृथ्वी यादव, प्राबिधिक विरेन्द्र प्रसाद लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *