१४ बैशाख २०८१, शुक्रबार

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

३ जेठ । रौतहट । प्रदेश अनलाइन न्युुज डेस्क
रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन ।
माधोपुर स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दै सो भवन निर्माणको लागि शिलान्यास भएको नगरप्रमुख यादवले जानकारी गराएका छन ।
नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको दुई कोठे भवनको कुल लागत २४ लाख रहेको माधवनारायण नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवले जानकारी गराएका छन । सो शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ प्रसाद यादव , वडा नं. ६ का वडा अध्यक्ष राम नरेश राय यादव, नगरपालिकाका कर्मचारीहरु, भद्रभलादमी, सञ्चारकर्मी लगायत नगरवासीको उपस्थित रहेको थियो । स्वास्थ्य चौकीमा भवन निर्माण हुने भएकोले स्थानीयवासी खुशी व्यक्त गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *