आयुर्वेद औषधालय प्रती आम जनता चासो
२२ आसार , विरगंज । बलिराम यादव
पर्सा जिल्लाको ग्रामिण समुदायमा संचालित आयुर्वेद अस्पताल प्रति आम जनताको चासो र गुनासो बढन थालेको छ।
पहिला पहिला जिल्ला बाट सञ्चालन हुदैआको आयुर्वेद औषधालय हाल पालिका स्तर बाट सञ्चालन भइरहँदा सेवा सुविधा पहिले भन्दा अहिले थप चुस्त दुरुस्त बान्न थालेको छ।नजिकै रहेको सरकारी स्वस्थ चौकी र सोही भवनमा रहेको प्राइभेट अस्पताल भन्दा आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढि देख्न पाइन्छ।
पर्सा जिल्लाको विन्द्वस्नी गाउँपालिका वडा नं २बहुअर्वा भाठा मा रहेको आयुर्वेद औषधालयमा अहिले आम सेवाग्राहीको झुकाव बढेको देखिन्छ।
निशुल्क उपचार को साथै प्राकृतिक जडिबुटीबाट निर्मित आयुर्वेदिक औषधि को कुनै साइड इफेक्ट नरहेको र यसले कुनै प्रकारको हानि नोकसानी समेत नगर्ने भाए पछि आफू विश्वस्त भएर उपचार गराउन आको एक सेवा गराही विन्देश्वरी पल्टेल ले बताउनु हुन्छ ।
पुरुष मात्र होइन म...