६ जेष्ठ २०८१, आईतवार

विविध

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

विविध, समाचार, स्वस्थ्य
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज असार २१, बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । पक्राउ परेकाह...
लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ

लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ

विविध, समाचार
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज २० असार, बुटवल । लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ गरेका छन् । गएराति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय ‘चिनक’ भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय को आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए । उनीहरु सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–६ बसपार्क नजिक मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो । पक्राउ परेकाहरूमध्येबाट मो...
मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।

मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।

मनोरञ्जन, विविध, समाचार, स्थानीय
१९ असार, विरगंज । बलिराम यादव विरगंजको होटल पदम पार्टी प्यालेमा शनिबार भएको मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ बिजेता पुरुष तर्फबाट निपुण दास र महिला तर्फ प्रकृति उपाध्याय हुन सफल भएका छन । आफ्नो प्रतिभा र आम समुदायको रोजाईले यो उपाधि पाएका छन । ई–सेवा भ्युअर च्वाइएस फस्ट रनरअपको उपाधी हिमेश विक्रम साह र स्वस्तिका रौनियार भएका छन । दोश्रो रनरअप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन । त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश विक्रम साह प्रफोरमेन्सको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन । आयोजक एमि इन्टरटेन्मेन्टका, संयोजक रोयर इन्टरटेन्मेन्टका एण्ड ईभेन्ट म्यानेजमेन्ट संगै शभ्यता इन्टरटेन्मेन्टका तर्फबाट युवराज केशरी तथा विजय ठाकुरको संयुक्त अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि डा। दिपक शाक्य, युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकास सरार्फ, समाजिक अभि...
प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुल्यो

प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुल्यो

विविध, समाचार
१९ असार काठमाडौँ । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो । प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ । त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ । ...
वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विविध, शिक्षा, समाचार, समाज, स्वस्थ्य
८ असार, वीरगञ्ज /बलिराम यादव । वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको आयोजनामा वीरगञ्जको ओमआश्रमस्थित ग्लोबल बिजनेस कलेजको सभा गृहमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज कुटुम्बी अध्यक्ष श्वेता क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा। दिप्ती यादवले महिनाबारीको बारेमा प्रशिक्षण दिएकी थिइन् । महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, खानपिनदेखि सरसफाई गर्ने तरिका, दुखाई कम गर्ने उपाय लगायतका बारेमा डा। यादवले प्रशिक्षण दिएकी थिइन् । महिनाबारी हुँदा कति महिलाहरुले गलत तरिकाले हेरचाह गर्ने गरेको हुँदा त्यसले स्वास्थ्यमा पर्ने असर र सही तरिकाको बारेमा सचेतना फैलाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको लायनस क्लब अफ वीरगञ्ज कुटुम्बकी अध्यक्ष श्वेता क्षेत्रीले बताइन् । आगामी दिनमा पनि यस्तै...
पेट्रोलमा २०  र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउन नेपाल आयल निगमको निर्णय

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउन नेपाल आयल निगमको निर्णय

विविध, समाचार
११ असार, काठमाडौ । आज बिहान बसेको सत्ता गठबन्धनको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरे संगै पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।...
गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

राजनीति, विविध, समाचार, समाज, स्थानीय
११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्...
रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
८ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।...
पर्सामा घुसको रकमसहित नापी कार्यालयका बिचौलिया पक्राउ

पर्सामा घुसको रकमसहित नापी कार्यालयका बिचौलिया पक्राउ

विविध, समाचार, स्थानीय
७ असार, वीरगञ्ज । पर्सा वीरगञ्जका नापी कार्यालयएका जना बिचौलिया एक लाख २५ हजार घुसको रकमसहित रंगे हात पक्राउ परेका छन् । निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आइरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका ...

मन्त्रिपरिषद बैठकले राससको अध्यक्ष पदमा धनुषाका धमेन्द्र झा नियुक्त

विविध, शिक्षा, समाचार
७ असार, काठमाडौं । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति राससको अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।...