
११ असार, काठमाडौ । आज बिहान बसेको सत्ता गठबन्धनको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरे संगै पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।