७ जेष्ठ २०८१, सोमबार

समाचार

आज संसदमा बजेटका  विषयमा सरकारका पक्षबाट जवाफ दिने

आज संसदमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने

राजनीति, समाचार
२ असार, काठमाडौं । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । विभिन्न मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारितको चरणमा पुग्नेछ । बजेटअन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती सम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार २३ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।प्रश्नको जवाफ दिने काम सकि...
एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको नेपाली सेनाको भनाई

एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको नेपाली सेनाको भनाई

राजनीति, विविध, समाचार
१ असार । काठमाडौँ — नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ । यसअघि नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक निवेदन दिएपछि सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकार गरेको जनाएको थियो । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको बेहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगतलाई जानकारी गराइन्छ,ु सेनाको विज्ञप्तिमा भनिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी। ...
गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
१ असार, रौतहट । रौतहटको गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न भएको छ । गौर नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटको आयोजनामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस गौर नगरपालिकाको सभा हलमा एक कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जेष्ठ नागरिक समाजका अमुल्य गहना भएको हुनाले जेष्ठ नागरिकको सम्मानमा चोट पुर्याउने काम नगर्न सबैलाइ अनुरोध गरेका छन । त्यस्तै नगरप्रमुख साहले गौर नगरपालिका लाई देश कै नमुना र उत्कृष्ट नगरपालिका स्थापित गराउने आफ्नो लक्ष्य रहेकोले यो अभियानमा सहयोग गर्ने जेष्ठ नागरिकहरुलाइ आग्रह समेत गरेका छन । कार्यक्रममा जिल्लाका ज्येष्ट नागरिक, समाजसेवी, सञ्चारकर्मीहरको सहभागिता रहेको थियो ।...
बिरगंज महानगरपालिकाको पूर्व मेयरको पालामा लगाइएको सम्पूर्ण ठेक्का खारेज गर्ने मेयर सिंहको निर्णय

बिरगंज महानगरपालिकाको पूर्व मेयरको पालामा लगाइएको सम्पूर्ण ठेक्का खारेज गर्ने मेयर सिंहको निर्णय

राजनीति, समाचार, स्थानीय
१ असार, बिरगंज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले पूर्व मेयर विजयकुमार सरावगीले आफ्नो कार्यकालमा गरेको विभिन्न ठेक्का सम्झौता खारेजीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकबाट मेयर सिंहले उक्त निर्णय गरेका हुन् । सरावगीको कार्यकालमा लगाइएको ठेक्कासँग असन्तुष्टि जनाउँदै मेयर सिंहले कार्यपालिका बैठकबाट सम्पूर्ण ठेक्का खारेजी गर्न निर्णय गरेको बुझिएको छ । सरावगीले आफ्नो कार्यकालमा सवारी कर, सरसफाई, नयाँ बसपार्क, पूरानो बसपार्कको ठेक्का लगाएका थिए । त्यस्तै बैठकबाट मेयर सिंहले महानगरमा भइरहेका विकास निर्माणका काम असार १५ गते भित्र सक्न पनि दिएका छन् । निर्णयसँगै महानगरसँग सम्झौता गरेर योजना अघि बढाइरहेका ठेकेदार र उपभोक्ता समितिले असार १५ दिन काम सकेर भुक्तानी लिनुपर्ने हुन्छ ।...
मधेश प्रदेशको बजेट ४७ अर्बको हाराहारीमा

मधेश प्रदेशको बजेट ४७ अर्बको हाराहारीमा

राजनीति, समाचार
१ असार, जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९—०८० का लाथि ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६।४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३।२१ प्रतिशत र वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ०।३५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।  ...
स्वास्थ्य राज्यमंत्री वलीको दादागिरी

स्वास्थ्य राज्यमंत्री वलीको दादागिरी

राजनीति, समाचार, समाज
१ असार, काठमाडौं । मंगलबार बिहान ८ः४५ बजेतिर मिना भण्डारी बस्नेत दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित आफ्नो घरमा बसिरहेकी थिइन् । गेटबाहिर लु १ झ ५३७ नम्बरको झण्डावाला गाडी आएको देखेपछि उनी तल झरिन् । टाढैबाट उनले चिनिहालिन्, गाडीमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वली थिइन् । मिनाका अनुसार वली गेटमा आएर ‘एकराज कहाँ छ ’ भन्दै कराइरहेकी थिइन् । ‘मन्त्री आउनु भएको भन्ने थाहा पाएपछि चाबी लिएर गएर गेट खोलेँ,’ मिनाले भनिन्, ‘केही सोध्नै नपाई उहाँ ममाथि झम्टिन थाल्नुभयो ।’ उनले सुरुमा ‘कसलाई खोज्नुभयो’ भन्दै सोधेकी थिइन् । उनका अनुसार श्रीमान् एकराज भण्डारी एकदिन अघि काम विशेषले बाहिर गएका थिए । ‘श्रीमान् नभएको बताउने वित्तिकै उहाँले एक्कासी मेरो कपाल भुत्ल्याउन थाल्नुभयो’ उनी भन्छिन्, ‘मलाई लात्ती र मुक्काले पनि हान्नुभयो ।’ उनका अनुसार वली उनलाई गाली गर्दै घरतिर छिरिन् । ‘...
रौतहटको गौर र राजदेवी नगरपालिकाका नगरप्रमुखहरुद्वारा सघन शहरीको टीमसंग सयुक्त अनुगमन

रौतहटको गौर र राजदेवी नगरपालिकाका नगरप्रमुखहरुद्वारा सघन शहरीको टीमसंग सयुक्त अनुगमन

राजनीति, समाचार, समाज, स्थानीय
  ३१ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसादयादबले सयुक्त रुपमा शहरी बिकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजबाट भएको विभिन्न निर्माण कार्य र मर्मत गर्नु पर्ने तथा अधुरो केही निर्माण कार्यको स्थलगत निरीक्षन गर्नु भएका छ्न। उहाँहरु संगै सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजका डिभिजन प्रमुख झपट बहादुर थापा र इन्जिनियर सदरे आमल सहितको टोलिले रौतहटको गौर नगरपालिका र राजदेवी नपामा भएका बिकास निर्माणका विभिन्न योजनाहरुको निरीक्षन गरेका छन । निरीक्षन पश्चात् गौर नपाका मेयर शम्भु साहले यस आयोजना अन्तर्गत गौर नगरपालिकामा भएको नालाहरुमा स्लेप नहुदा स्थानीयले नाला मै माटो थुपारेर आवतजावत गर्ने बाटो बनाएकोले प्रयोग बिहिन अवस्थामा पुगेको, स्लाप नहुदा बाढीको बेला मान्छे लड्ने डुब्ने,पशु चौपया समेत ख...
संघ र प्रदेशको चुनाव मंसिरको पहिलो सातामा गराउने आयोगको तयारी

संघ र प्रदेशको चुनाव मंसिरको पहिलो सातामा गराउने आयोगको तयारी

राजनीति, समाचार
३१ जेठ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए ।     चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने बताए ।...
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्बको बजेट ल्याउने

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्बको बजेट ल्याउने

राजनीति, समाचार
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ४२ अर्बको हाराहारीमा बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै ८ अर्ब बढी रहनेछ ।चालु आर्थिक वर्षमा ३८ अर्बको बजेट ल्याइएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ ।बजेटको काम अन्तिम चरणमा पुगेको छ । बजेटमा करको दर परिवर्तन अथवा करको दायरा फराकिलो नगरिएको बताइएको छ ।प्रदेश सरकारको योजनाहरु बजेटमा समावेश गर्ने काम भइरहेको जनाइएको छ । संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।त्यसपछि ११ अर्ब रकम आन्तरिक राजस्व बाडफाँटबाट प्राप्त हुने र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत ३८ अर्ब रकम रहेको अर्थ मन्त्रालयका प्रवक्ता उद्धवराज न्यौपानेले बताए । उनले ४ अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल हुने जनाए ।बजेट सन्तुलित र सबै क्षेत्र...
पर्साको बहुदरमाईमा अनैतिक सम्बन्धको विषयलाई लिएर हत्या, भिनाजुसहित पाँचजना पक्राउ

पर्साको बहुदरमाईमा अनैतिक सम्बन्धको विषयलाई लिएर हत्या, भिनाजुसहित पाँचजना पक्राउ

समाचार, समाज, स्थानीय
गत शनिबार हत्या गरेको अवस्थामा शव बरामद भएका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया टोलका निवासी ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन्।राजेश रामको घाँटी कसी हत्या गरेको आरोपमा प्रहरीले उनकै भिनाजुसहित अन्य पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी ४५ बर्षिय हिरामन महारासहित सोही ठाउँ निवासी ३६ बर्षिय रामबालक महरा, ४० बर्षिय बसन्ती देवी, ३५ बर्षिय सुनिता देवी, २२ बर्षिय रिङ्कु देवीलाई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले एउटा प्रेस नोट जारी गरेर जनाएको छ ।प्रहरीका अनुसार गत शनिबार राजेशको शरीर हत्या गरिएको अवस्थामा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको अवस्थामा भेटिएको थियो । उनको घाँटीमा गम्छा कसिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । राज...