
अभियुक्तकै प्राडो चढाएर अदालत पुर्याइन्छ बलात्कृत नाबालिका, बयान पनि फेरियो
११ जेठ ।
साँझ साढे ५ बजे जिल्ला अदालत ललितपुरको प्रांगणमा एउटा निजी प्राडो कार आएर रोकियो । ४०/४५ वर्षकी महिला प्राडोबाट ओर्लिन् । ती महिलासँगै तीर्थराज चटौत, राधा चटौतसहित केही मानिस कारबाट ओर्लिए । कारभित्र १४ वर्षीय एक नाबालिका थिइन् । कारबाट ओर्लिएर महिला अदालतभित्र छिरिन् भने अरु गाडी छेउछाउ टहलिए । यो गाडीमा सवार हुनेहरू बलात्कारसम्बन्धी मुद्दाको पीडित पक्ष र अभियुक्त पक्ष हुन् । कानुनी भाषामा वादी र प्रतिवादी ।
अदालतमा हाजिर हुन, बकपत्र (बयान) गराउन पीडित पक्षलाई अभियुक्तले यसैगरी गाडीमा लाने लैजाने गरिरहेका छन् । ‘कानुनी रूपमा पीडित बालिका हाम्रो पक्ष हो । तर, प्रतिवादी पक्षले उसलाई अदालतमा ल्याउने/लैजाने गरिरहेको दृश्य हेर्नुपरिरहेको छ,’ ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकर भन्छिन् ।
उक्त दिन अभियुक्तको गाडी चढेर आएकी पीडितकी आमा छोरीलाई गाड...