२२ फाल्गुन २०८०, मंगलवार

प्रदेश

जग्गाको बिषयमा झै झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु

जग्गाको बिषयमा झै झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु

समाचार, स्थानीय
फागुन ११ , रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा दुई पक्ष बीच जग्गाको बिषयमा झै झगडा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्गा भगवती वडा नम्वर २ भलोहिया हाल पिपरा सिमानमा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार दिउसो २।१० बजेको समयमा जग्गाको बिषयलाई लिएर झै झगडा हुँदा चन्देश्वरले जयप्रकाशलाई धकेल्दा लडेका थिए । भुइमा लडी बेहोस भएका जयप्रकाशलाई स्थानीय अस्पतालमा चेकजाँच गर्दा उपचार हुन नसकेर प्रादेशिक अस्पताल गौरमा ल्याइएको थियो । प्रादेशिक अस्पताल गौरका चिकित्सकले चेकजाँच गर्दा निजको मृत्यु भईसकेको प्रादेशिक अस्पतालबाट ३।३० बजे खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन् । झै झगडाको कारण र संलग्न दोषि मानिसहरु विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकु...
ठेकेदारको लापरवाहीले गर्दा गौर मा संघ तथा प्रदेश सरकारको क्यौ योजना लथालिङ अवस्थामा

ठेकेदारको लापरवाहीले गर्दा गौर मा संघ तथा प्रदेश सरकारको क्यौ योजना लथालिङ अवस्थामा

राजनीति, समाचार, स्थानीय
१२ फागुन । रौतहट । संघ तथा प्रदेश सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति नै हो । यो बेथितिमा झन्झटिलो कार्यविधि, कानुनको अभाव, सम्बन्धित क्षेत्रको अनुगमनमा कमी र कामलाई द्रुत गति प्रदान गर्न सम्बन्धित निकायबीचको आवश्यक सहकार्य आदि सरकार पक्षीय कमीकमजोरीका रूपमा रहेका छन् । त्यसैगरी, ठेकेदार कम्पनीको लापर्बाही, काममा ठगी, कमसल सामग्रीको प्रयोग, कार्यमा गुणस्तरहीनता र अटेरिपना आदिले पनि बेथितिलाई बढाएका छन् । रौतहटको गौर नगरपालिकामा संघ तथा प्रदेशमा संचालित क्यौ बिकास निर्माणका कार्यहरू लथालिङ्ग भएका कारण स्थानीयहरुलाई सास्ती खेप्नु परेको छ । गौर नगरपालिका वडा न। ३ गौर राइस खेल मैदानको लगभग २०० मिटर पश्चिम रहेको जुद्ध माध्यमिक बिधालय जाने पिच बाटोलाई नाला बनाउनका लागि ल्याएको योजनाले...
मधेशीलाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

मधेशीलाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

राजनीति, समाचार, स्थानीय
जनकपुरधाम, फागुन ७ गते । काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने नक्कली डिएसपी पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् । दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । उनले गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई आफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए । वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए । श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।...
गौरका मेयर साहलाई हत्या गर्न भारतीय सुटरलाई सुपारी

गौरका मेयर साहलाई हत्या गर्न भारतीय सुटरलाई सुपारी

राजनीति, समाचार, स्थानीय
०१ फागुन । प्रदेश अनलाईन न्युज । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई ज्यान मार्न कुख्यात सुटरलाई सुपारी दिइएको समाचार बाहिर आएको छ । बाराको बालएकता बिधालयका संचालक रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजित सिंह संगको अनुसन्धानको क्रममा गौर नगरपालिकाका मेयर साहलाई हत्या गर्न सुपारी पाएको खुलासा भएको छ । बाराको बाल एकता बिधालयका संचालक रुपेशको हत्यामा मनोज गुप्ता, सुजित सिंह , अरुण यादव लगायतका अपराधहरु पहिला नै पक्राउ परे पनि सो हत्याको मुख्य अपराधी चन्चल पाण्डे रहेको र पाण्डेले नै हत्या गराउन सुपारीको आधी रकम लिएको खुलाशा भएको छ । भारतको तामिलनाडुमा लुकेर पसेका मुख्य सुटर चन्चल पाण्डेलाई तामिलनाडु प्रहरी र नेपाली प्रहरीको सन्युक्त अप्रेसन ले दुई दिन पहिला पक्राउ गरिसकेको र हिजो राती अर्थात माघ २९ गते सोमबार अबेर राती सम्म भारतको मोतिहारी ल्याईसकेको श्रोतको दाबी रहेको छ ...
सरस्वती पुजाको तयारीमा विद्यार्थीहरु व्यस्त

सरस्वती पुजाको तयारीमा विद्यार्थीहरु व्यस्त

शिक्षा, समाचार, स्थानीय
२७ माघ , शनिवार । रौतहट । आउने बुधबार फागुन २ हुने सरस्वती पुजाको तयारीमा बिद्यार्थीहरु जुटेका छन । रौतहटको सदरमुकाम गौर लगायत जिल्लाका विभिन्न ठाउँमा मूर्तिकारहरु सरस्वती माताको मूर्ती बनाउन व्यस्त छन । अर्डर अनुसारका मुर्ती बनाउन व्यस्त रहेका एक मूर्तिकारले पहिला भन्दा कम मूर्तिको अर्डर आउन थालेको बताउछन । विभिन्न क्याम्पस , बिधालय , ट्युशन , कोचिङ लगायत टोलटोलमा हुने सरस्वती पुजाको लागि गौरमा बनाइरहेको मूर्तिको अर्डर छिमेकी पालिकाबाट पनि आएको गौरको कबिर चौकमा मूर्ति निमार्ण गरिरहेका एक मूर्तिकारले जानकारी दिएका छन एउटा मूर्ती बनाउन बास, पराल, माटो , डोरी लगायत विभिन्न रङको प्रयोग गर्ने गरिन्छ । एउटा सानो मूर्ती बनाउन २ दिन बढी दिन र ठूलो आकारको मूर्ती बनाउन ४(५ दिन लाग्ने गरेको मूर्तिकार रामएकवाल पन्डितले बताएका छन । २ देखि ३ हजार सम्म सानो मूर्ती र २० हजार सम्म पर्ने ठूलो मूर्तिमा २५(३...
हेलमेट भित्र लुकाई छिपाई लागुऔषध सहित दुई जना पक्राउ

हेलमेट भित्र लुकाई छिपाई लागुऔषध सहित दुई जना पक्राउ

विविध, समाचार
बिनोद निगम / नवलपरासी /२३ माघ  पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं-१ महेशपुर बाट यही माघ १९ गतेको दिन शुक्रबार साँझ करिब ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको थियो। दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३५ प ५६१३ को मो.सा. लाई शंका लागी चेकजाँच गर्दा तत्काल नामथर वतन खुल्न आएका मोटरसाईकल चालक जिल्लाको सुनवल नगरपालिका वडा नं.०७ अस्नैया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २८ को सरोज चौधरी र सोही मोटरसाईकल पछाडी सवार जिल्ला बाग्लुङ साविक हटिया गा.वि.स.वडा नं.०३ हाल गल्कोट न.पा.वडा नं.३ हटिया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २२ की पवित्रा परियार चौधरीको शरीर खानतलासी गर्दा निजहरु मध्ये मोटरसाईकल चालक सरोज ...
सर्लाहीमा नापी अधिकृत चढेको गाडी दुर्घटना, ११ जना घाइते

सर्लाहीमा नापी अधिकृत चढेको गाडी दुर्घटना, ११ जना घाइते

राजनीति, समाचार, स्वस्थ्य
सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै अधिकृत सहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका छन्। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका छन्। नापी अधिकृत श्रेष्ठसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका व...
गौरमा आज देखि मेयर कप सुरु, राइस खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको मेयर साहको भनाइ

गौरमा आज देखि मेयर कप सुरु, राइस खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको मेयर साहको भनाइ

खेलकुद, समाचार, समाज, स्थानीय
१३ माघ, गौर, प्रदेशअनलाइन न्यूज रौतहट जिल्लाको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको विशेष पहलमा आज देखि गौर नगरपालिका अन्तर्गतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । गौर नगरपालिकाको पूर्ण आर्थिक सहयोग एवम् रौतहट जिल्ला किक्रेट संघको आयोजनामा सुरु भएको मेयर कप क्रिकेट प्रतियोगिताको समुद्धघाटन नगरप्रमुख साहले गरेका छन । गौर नगरपालिका भित्रका ९ वटै वडाको टोली बीच प्रतिष्पर्धा हुने भएको छ । । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले जानकारी दिएका छन । युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ मेयर कपको आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले जानकारी दि...
त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप, यात्रु खोज्दै प्रहरी

त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप, यात्रु खोज्दै प्रहरी

विविध, समाचार
माघ २ । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप फेला परेको छ । आज बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट द्यच् ण्ढन्ऋज्ञद्धघण् को जिप फेला परेको हो । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन । अझै खोजी कार्य जारी छ । प्रहरीले आज बिहान ४ बजेर ५० मिनेटको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको थियो । चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा खटिएको प्रवक्ता भण्डारीले बताए ।...
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा १६ घाइते

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा १६ घाइते

विविध, समाचार
माघ १ गते । काठमाण्डौ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान प...