२० बैशाख २०८१, बिहीबार

संवाद फाउण्डेशनको शाखा बारामा विस्तार, संयोजकमा जिम्मेवारी यादवलाई

२ साउन । कलैया । प्रदेश अनलाइन संवाददाता
राजाबाबु यादवको संयोेजकत्वमा संवाद फाउण्डेशन बारा जिल्ला समिति गठन गरिएको छ । फाण्डेशनको केन्द्रिय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले बारामा कार्यसमिति विस्तार गरिएको छ । यादवको संयोजकत्वमा गठीत बारा जिल्लाको सहसंयोजकको जिम्मेवारी अभय यादव र सदस्य सचिवमा शुशिल शाह चयन हुँदा सदस्यहरुमा रामनिवास प्रसाद यादव, दिपेश ठाकुर,संजय यादव, निकेश यादव, दिपावली कुमारी, आशुतोष यादव, अनिश साह लगायत रहेका छन ।
नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै फाण्डेशनका केन्द्रिय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपान्तरणमा टेवा पुर्याउने विश्वास पनि उनले व्यक्त गरेका छन ।
बारा जिल्लाको संयोजको जिम्मेवारी पाएका यादवले आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पुरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *