
०१ साउन । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको माधवनारायण नगरपालिका वडा नं. ८ मा आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ प्रसाद यादवले स्वास्थ्य चौकीको समुद्घाटन गरेको छन । माधवनारायण नगरपालिका वडा नं। ८स्थित खडकी रजवाडा मा नयाँ भवन निर्माण पश्चात आज उक्त स्वास्थ्य चौकीको उदघाटन भएको छ । उद्घाटन कार्यक्रममा नगरप्रमुख बैजनाथ प्र। यादव, प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव, उप( नगर प्रमुख निर्मला देबि रमण ,वडा नं। ८ का वडा अध्यक्ष योगेन्द्र महतो , ,योजना प्रमुख कृष्ननन्दन प्र। यादव , प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादव लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । वडा नं. ८ मा स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दे नगरप्रमुख यादवले स्वास्थ्य चौकीको निमार्ण गर्न लगाएका हुन । ।वडावासीलाई भोग्नुपरेका दुख कष्ट लाई मध्य नजर गर्दै नया भवन निर्माण गराइ स्वास्थ चौकी को उद्घाटन मेयर यादवले गरेका छन ।उद्घाटन हुने लगतै त्याहा का स्थानीय बासी हरु ले हर्षो उल्लास का साथ मेयर यादवलाई धन्यवाद समेत व्यक्त गरेको छ्न।