
२५ असार रौतहट । प्रदेश अनलाइन न्युज डेस्क ।
अहिलेको प्राविधिक युगमा हरेक कुरामा परिवर्तन भैसकेको छ । तपाइ हामीले सोच्न नसक्ने काम पनि अहिलेको प्रविधिले सम्भव गरिसकेको छ । तर विडम्बना अहिले पनि हाम्रा समाजिक कुरिति र त्यस्ता मांनसिकतामा बाचिरहेका व्यक्तित्वको सोचलाई यो प्रविधिले पनि खासै असर पार्न सकेको छैन । हाम्रो समाजिक कुरितिहरु मध्ये एक हो बाल .विवाह । बाल विवाह गर्ने अनेकौ कारण वा वहाना हुन सक्छ । तर आफ्नै छोराछोरीलाई बालविवाह गरि तिनीहरुको भविष्यलाई नै बर्बाद गरिदनिु कतिको उचित हो यो विषयमा चाहि सबैको ध्यान जान जरुरी रहेको छ ।
आज रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नं ४ टिकुलियाका बालबालिकाहरु बालविवाह विरुद्ध जनचेतना आफ्नै समाज गरेको छन । त्यही वडाका सामाजिक अभियन्ता अरुण पटेलको सक्रियतामा समाजलाई बाल विवाह बारे परीवर्तनका सोचले गौर नगरपालिका वडा नं. ४ का भाइबहिनीहरू लगायत साना बालबलिकाहरुको सहभागितामा बाल विवाह विरोध जनचेतना मुलक संदेश नाराको साथ वार्डको परिक्रमा गरेका छन।
बालविवाह कानुनी अपराध हो ।
२० वर्ष भन्दा अगाडी छोराछोरी को बिवाह गर्ने , गराउने केटा र केटी पक्ष तथा विवाह गराउने पण्डितलाई पनि कानुन बमोजिम ३ वर्ष जेल र ३० हजार रुपैयाँ सम्म जरिवाना रहेको भनी सबैलाई यो जानकारीबाट अवगत गराएका छन ।
तोल छिमेकमा बाल बिवाह हुन लागेको थाह पाए तुरुन्त प्रहरीलाई १०० नः फोन गरौं या बाल हेल्प लाइन १०९८ मा फोन गरौ
सामाजीक अभियन्ता अरुण पटेल जनचेतना जगाउने कार्य जारी राखेका छन्।
अभियन्ता पटेल लेख्छन् ः
हामी सधैं समाजका लागि काम गर्ने हो
समाज परिवर्तनका लागि हामी युवाको आवाज परिवर्तन समाज
आलोचना गर्नेहरू र रिस डाहा आरिस गर्नेहरू संग सधै टाढा रहनुस ताकी एक दिन आफै थाक्नेछन् ।