१४ बैशाख २०८१, शुक्रबार

रौतहट ट्राफिक प्रहरीको सक्रियता ,६ महिना नबित्दैँ १५ हजार ८ सयभन्दा बढि सवारी साधन परे कार्वाहीमा

२३ पुस । राकेश कुमार यादव । जिल्ला ट्राफिक कार्यालय रौतहटले राजस्व संकलनको दर बढाएको छ । आर्थिक बर्ष २०७९÷८० को ६ महिना नपुग्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले हाल सम्म १५ हजार ८८४ वटा सवारी साधनलाइ कार्वाही गर्दा एक करोड २२ लाख राजस्व संकलन गरेको छ ।

पुस १८ गते सम्मको तथ्याङक अनुसार रौतहट ट्राफिकले एक करोड २१ लाख ९० हजार राजस्व असुली गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटकी प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिमला कठायतले जानकारी दिएकी छिन ।

सो अबधिमा सबैभन्दा बढी मोटरसाइकल धनी कार्वाहीमा परेका छन । कागजपत्र तथा लाइसेन्स नबोकेर हिडने ७ हजार ३ सय ७४ जना मोटरसाइकल धनीलाइ मात्रै कार्वाही गर्दा ४६ लाख ४० हजार राजस्व संकलन भएको प्रहरी निरिक्षक कठायतले बताइन ।

हाल सम्म रौटहट ट्राफिकले १५ हजार ८८४ वटा सवारी साधनलाइ कार्वाही गर्दा एक करोड २१ लाख ९० हजार राजस्व संकलन भएको उनले जानकारी दिएकी छिन । गत श्राबणमा १० लाख १४ हजार ५ सय,भदौमा २० लाख,असोजमा १७ लाख १३ हजार,कार्तिकमा २९ लाख ३२ हजार ५ सय,मंसिरमा २८ लाख ९० हजार ५ सय र पुस १८ गते सम्म १६ लाख ४८ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रमुख कठायतले जनाएकी छिन ।

यस अबधिमा रौतहट क्षेत्रमा सवारी र्दुघटनाबाट २३ जनाले ज्यान गुमाएका छन भने ५ सय ३ जना घाइते भएको उनले बताइन । गत आर्थिक बर्षमा सवारी र्दुघटनाबाट ७२ जनाको ज्यान गएको थियो भने १ हजार १ सय ७१ जना घाइते भएका थिए ।

गत आर्थिक बर्षमा रौतहट ट्राफिकले एक करोड ७८ लाख ७० हजार ५ सय राजस्व संकलन गरेको थियो । प्रहरी निरिक्षक कठायत आएदेखी रौतहट ट्राफिकको राजस्वमा बृद्धी आएको हो । प्रहरी निरिक्षक कठायत गत श्रावण २० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा आएकी थिइन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *