
२२ पुस । नवलपरासी । बिनोद निगम
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा रामग्राम नगरपालिका वडा नं १६ माउखोला स्थितमा आन्दाजी ३४ हजार २ सय बराबरको ९० जिउँ अबैध बोईलर कुखुरा फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि पशु क्वरेन्टाईन महेशपुर बसझाईएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी आजै विशेष सुचनाको आधारमा सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी गेरमीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ५ भगतपुरा स्थित सबिर मियाको फुसले छाएको छाप्रोमा रुपमा ल्याई लुकाई छिपाई राखेको आन्दाजी ४२ हजार मुल्य बराबरको ७० बोरा गाई भैंसीलाई खुवाउने दाना फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डेले बताउनुभयो।