१५ बैशाख २०८१, शनिबार

रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु

२३ पुस । रौतहट । रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा यमुनामाइ गाउँपालिका ५ झुनखुनवा टोल फतुवाका ७० वर्षिय वृद्ध लालमहम्द मियाँ कवारी रहेका छन् ।

जुम्माको दिन शुक्रवार दिउँसो नामाज पढेर घर फर्किने क्रममा एक्कासी चिसोले कठ्यांग्रिएर मृत्यु भएको मृत्कका छोरा कलाम मियाँ मन्सुरीले जानकारी दिए । तराईमा एक सातादेखिको शीतलहर कायमै रहेको छ ।

चिसोले जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् ।

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । चिसोको मौसममा अति आवश्यक काम बाहेक बाहिर न निस्कन चिकित्सहरुले सुझाव दिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *