१८ चैत्र २०७९, शनिबार

रौतहटमा संचालित चिनी उद्योगको टर्बाइन पड्किएपछि चिनी मिल बन्द

91

१२ मंसिर , रौतहट । रौतहटको कटहरियामा संचालित चिनी उद्योगको टर्बाइन पड्किएको छ।

कटहरिया नगरपालिका ९ डुमरियामा संचालनमा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडको टर्बाइन पड्किएपछि उद्योगमा करोडौंको क्षति भएको उद्योगले दाबी गरेको छ।

नयाँ खरिद गर्दा ६ करोडदेखि ८ करोडसम्म पर्ने टर्बाइन मेसिनले उद्योगमा विद्युत् उत्पादन र आपूर्ति गर्ने काम गर्दछ। उद्योगको मुख्य टर्बाइन पड्किएपछि करिब ४ करोडको क्षति भएको उद्योगका ज्वाइन्ट म्यानेजिङ डाइरेक्टर अभयप्रकाश जयसवालले दाबी गरेका छन्।

पाँच वर्ष पुरानो रहेको टर्बाइन अत्यधिक तापका कारण पड्किएको हुन सक्ने पूर्वानुमान गरिएको छ। पचासौँ वर्ष चल्ने टर्बाइन मेसिन उखु क्रसिङको मुख्य सिजनमा नै पड्किएकोले उद्योगले थप क्षति बेहोर्नुपर्ने जयसवालको भनाइ छ।

गत हप्तादेखि संचालनमा आएर उखु क्रसिङ गरिरहेको चिनी उद्योग करिब एक हप्तामा पुनःसंचालनमा आउने जयसवालको भनाइ छ। पड्किएको टर्बाइनको ठाउँमा अर्को टर्बाइन लगाउने काम भइरहेको र नयाँ टर्बाइन जडान हुनासाथ उद्योग संचालनमा आउने जयसवालको भनाइ छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0