१४ बैशाख २०८१, शुक्रबार

रौतहटको सात वटा पालिकामा पूर्वप्रधानमंत्री नेपाल द्वारा यूएसजी तथा अल्ट्रासाउन्ड मशिन वितरण

१ पुस , रौतहट । सावन यादव । प्रदेशअनलाइन न्युज डेस्क
रौतहटको पाँच वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री सम्मानीय माधव कुमार नेपालले यूएसजी तथा अल्ट्रासाउन्ड मशिन लगायत आवश्यक केमिकलहरु पालिका प्रमुखहरुलाई हस्तानांतरण गरेका छन । रौतहटको गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा , गढीमाई नगरपालिका लगायत यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकामा उक्त सामग्रीहरु वितरण भएको छ ।
जम्मा ७ वटाको मुल्य रु. 10,955,674.31 (एक करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा) यो सानो भिडियो X-ray हो । यस्को कार्टुन भित्र tablet आकारको Monitor -१ थान, printer -१ थान, Probe-१ थान छ।यो video x- ray bag मा बोकेर प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिन्छ । यो बिशेष गरि गर्भवती महिला हरु लाई लक्षित गरेर बनाईएको हो तर आवश्यकता अनुसार अन्य बिरामीको लाई पनि प्रयोग गर्न सकिन्छ । चुनाव सकिए लगत्तै स्वास्थ्य ,शिक्षा तथा विभिन्न क्षेत्रमा चौतर्फी विकाशको सुरुवात भएको छ ।
रौतहट छेत्र न.१को प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा गौर नापा, राजदेवी नापा, यमुनामाई ग़ापा, दुर्गाभगवाती ग़ापा, माधवनरायण नापा, गढ़ीमाई नापा ,र गरुडा नगरपलिका का लाई स्वास्थ समाग्री video ultrasound १-१थान हस्तान्तर गर्नु भएका छन। उक्त कार्यक्रममा पलिका मेयरहरु,प्रमुख प्राशशकीय अधिकृत हरु र छेत्र न.१ को प्रदेश सभा सदस्य नागेंद्र शाह र ख को प्रदेश सभा सदस्य कृष्णा यादव तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको मधेस प्रदेश अध्यक्ष एवम् स्वास्थ्य मन्त्रालयमा कार्यरत सुरेन्द्र ठाकुर को उपस्तिथि रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *