१ पुस, नवलपरासी । विनोद निगम
पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा एक गर्भवती महिलाको शल्यक्रियाका क्रममा शिशुको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ ।
नवलपरासी रामग्राम वडा नं। २ की गर्भवती महिलाको शल्यक्रियाका क्रममा बच्चाको मृत्यु भएको हो । पीडित महिलाका आफन्त दुधई हरिजनले गर्भवती महिलाको असोजमा चेकजाँचका क्रममा डाक्टरले शुल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसपछि शल्यक्रिया गरिएको थियो । तर शल्यक्रियाका क्रममा महिलाको पेट भित्रको अर्कै नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बोलाएर रिफर गरेका थिए । त्यसपछि अस्पतालमा विवाद समेत भएको थियो । तरपछि अस्पताल र पीडित महिलाका आफन्तबीच उपचार खर्च दिने सहमति भएको थियो ।
अहिले महिलाको अवस्था दिन प्रतिदिन गम्भीर हुँदै गएको छ । पीडित परिवारले सहमति अनुसार उपचार खर्च मागेपनि नदिएपछि फेरि आफन्तले अस्पतालमा विरोध प्रदर्शन समेत गरेका छन् । अस्पतालमा पीडितसहित स्थानीयहरूको विरोध प्रदर्शन गरेपछि प्रहरीले डाक्टरहरूलाई सुरक्षा दिएको छ ।
प्रहरीले अस्पतालका नेसु डाक्टर नुरूलहोदा र व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्तालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा डाक्टरले पीडित परिवारलाई उपचार खर्च दिने सहमति भएको पीडितका परिवार दुधई हरिजनले बताए ।