१४ बैशाख २०८१, शुक्रबार

धनुषा क्षेत्र नंं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी

जनकपुरधाम, कार्तिक २३ गते ।

धनुषा क्षेत्र नंं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवारी खारेजीको माग गर्दै विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले जनकपुरधाम स्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

गत आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मारक पर्वमा प्रमुख अतिथिको रुपमा काँग्रेस पूर्व सभापति तथा धनुषा क्षेत्र नं। ३ बाट समानुपातिक उम्मेदवार बिमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रत्यक्ष उम्मेदवार अनिलकुमार झा र ३ ९ख०का उम्मेदवार प्रमेश्वर साह सहभागी थिए । उनीहरुले निर्वाचनको बेलामा सम्मान गरेर कार्यक्रममा बोलाउँदा पार्टीको नारा लगाएर आचार संहिता उलंघन गरेका आयोजनकका आरोप छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *