१४ बैशाख २०८१, शुक्रबार

पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी

१४ भदौ, वीरगञ्ज । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

पौडेलका अनुसार जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी उजुरी वीरगञ्जको छ । वीरगञ्ज महानगरका ३७ जनाविरुद्ध उजुरी दर्ता भएको प्रशासनले बताएको छ । सरकारले भदौ ५ गतेभित्र उजुरी दिन भनेको थियो ।

उजुरीमा आवश्यक कारबाहीका लागि सबै निवेदन प्रमाणसहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *