१६ चैत्र २०८०, शुक्रबार

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

१४ भदौ , रौतहट । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ । समाजमा नकारात्मक असर पुर्‍याएकाे भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धकाे माग राखेका हुन् ।

‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ।शुक्रबार Tik Tok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई Tik Tok बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् ।

हिजो (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप-महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *