
प्रदेश अनलाइन न्युज डेस्क
१४ भदौ , रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरबाट कालोबजारी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ , ईण्डियन बाण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालोबजारी पक्राऊ परेको छ।
गौरको रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएको स्थानीय र ग्राहकहरुको भनाई छ । प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताको चामल पसलमा छापामारी गरेको थियो ।छापामारीको क्रममा प्रहरीले निज गुप्ताको पसलबाट लोकल खुला चामल ५० बोरा, २९२ बोरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बोरा र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल डिएसपीले जानकारी दिइका छन ।बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज राजेन्द्रप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ आवश्यक कार्यवाही थालेको डिएसपी मल्लले बताउनुभयो।
भारतमा चामल सस्तो मुल्यमा पाएको कारण अवैधरुपमा भन्सार छली गरि सिमावर्ती जिल्लाहरुबाट तस्करी हुने गरेको छ।
यसअघि रौतहट प्रहरीले सोमबार विशेष सूचनाको आधारमा गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको थियो।