१४ बैशाख २०८१, शुक्रबार

पश्चिम नवलपरासीका नाकामा तस्करलाई सशस्त्रकै संरक्षण, सिडिओ मुखदर्शक नाकामा नेपाल प्रहरी , सशस्त्र प्रहरी बलको असुली धन्दामा

भदौ ६ । नवलपरासी । बिनोद निगम
नवलपरासीको खुला सिमानामा हुने अवैध धन्दा रोक्न खटिएको सुरक्षाकर्मी स्वयम अवैध असुली धन्धामा लागेका छन । भारतसँग खुला सीमाना रहेको नवलपरासीमा मुख्य नाका बाहेक भित्री नाकाबाट पनि अवैधरुपमा मालसमान तस्करी हुँदै आएको पाइएको छ ।

तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर नवलपरासीका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेको स्रोत बताएको छ । नवलपरासी नाकाको पुर्वतिर खटिएको सशस्त्र प्रहरीले सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको बनाएको भिडियोमा प्रष्ट देखिएकोे छ ।

यहाँसम्मकी तस्करहरुलाई सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको भिडियोमा स्पष्ट देख्न सकिन्छ । नाकाको पुर्ब पश्चिमतिरको क्षेत्रबाट भारतबाट तस्करसँग मिलेर एसपीको निर्देशनमा मातहतको सशस्त्र प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउँदा राज्यको करोडौं राजश्व गुमिरहेको छ । सशस्त्र प्रहरी,नेपाल प्रहरी र भन्सारका कर्मचारी असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् ।

महेशपुर भन्सारमा गेट बाहिर खटिने भन्सार कर्मचारी र सशस्त्र प्रहरी तस्करसँगको अवैध सेटिङमा छन् । सशस्त्र प्रहरीका जवान र भन्सारका कर्मचारीले तस्करसँग लाइन लिएर अवैध असुली गरिरहेको तथ्य यसअघि राष्ट्रिय दैनिकले प्रकाशन गरिसकेको छ ।

नाकामा सशस्त्रको यो गतिविधि देख्दा यस्तो लाग्छ सशस्त्र प्रहरीलाई नाकामा अवैध असुलिकै लागि खटाइएको हो । सशस्त्रको असुली धन्दाबारे एकजना तस्कर भन्छन्–‘सशस्त्रलाई हामीले मोटो रकम दिएर सामान ओसारपसार गर्ने गरेको छौं । सशस्त्रसँग लाइन नमिले सियो पनि नेपाल छिराउन सक्दैनौं ।’

तस्करहरुले तस्करीको सामान गोपिगन्ज, भुजहवा बसहिया ध्रमौली गाउँ हरुमा भण्डारण गरेर दिउँसो र रातीको समयमा बर्दघाट,नारायणघाट ल्याउने गरेका छन । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा ठूला सवारी साधानमा लोड गरेर अन्यन्त्र जिल्ला पठाउने गरेको तस्कर स्वयम बताउँछन् ।

सशस्त्रका माथिल्लो निकायलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था र मूल्य हेरेर पाँच सय देखि एक हजार रुपैयाँ सम्म लाइन दिने गरिएको तस्करहरु बताउँछन् । जिल्लाका दुबै एसपी लाई भने महिनावारी मोटो रकम जाने गरेको स्रोत बताउँछ ।

प्रत्येक साइकल र मोटरसाइकलमा ल्याउने सामानको ड्युटीमा खटिने सशस्त्र प्रहरीलाई पाँच सय देखि एक हजार रुपैयाँ दिएर तस्करहरुले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । बसहिया, धरमौली,भुजहवा,गेरमि, रगरगन्ज , विओपी पोष्टबाट डिउटीमा खटिने सशस्त्रका जवानदेखि सईसम्म अवैध असुली धन्धामा लागेका छन् ।

तस्करहरुले चिनी,कपडा,लेडिज शुट, हाडवेयर, आटो पार्टस, खाद्यान, रेडबुल, कोकाकोला, मल, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान, खसी बोका,गोरु ,बैसि ,राँगा लगायतका अवैध सामान राजस्व छलेर भित्र्याउने गरेका छन् ।

संघीय सरकारकै निर्देशनमा सशस्त्र प्रहरीले नाकामा हुने अवैध चोरी तस्करी रोक्न ठाउँठाउँमा विओपी पोष्ट स्थापना गरेको छ । आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाइएका छन् ।

अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट ९बिओपी० थप्ने क्रम जारी नै छ । नवलपरासी ९ बर्दघाट सुस्ता पश्चिममा ० मात्रै ८ वटा यस्ता पोष्टहरु छन् । रात दिन गस्ती भइरहेको पनि सशस्त्र बताउँछ । तर उनीहरुको गस्ती भने तस्करको सुरक्षाका लागि हुने गरेको देखिएको छ । प्रहरी राज्यप्रति असहयोगी र तस्करमैत्री भइदिँदा राजश्व संकलनको अवस्था भने चिन्ताजनक छ । सशस्त्र तस्करसँग मिल्दा नेपाली व्यवसायी मारमा परेका छन् ।

तरस्करहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । नेपालबाट मदिरा,जडिबुटी, कबड, लगायतका सामान भारत लैजाने गरेका छन । जाउआउका लागि उनीहरुले पाँच सय देखि एक हजार रुपैयाँ डिउटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको तस्करले बताउँछन् । एसपी देखि बिओपी इन्चार्जलाई लाखौं रुपैया महिनावारी बुझाउने गरेका छन ।

भारतबाट तस्करी गरि ल्याइएको अवैध भन्सार छलीको सामान चर्को मूल्यमा नवलपरासीसहित बुटवल, बर्दघाट, नारायणघाट, काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा सप्लाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो रकम सशस्त्रको पोल्टामा परेको छ ।

तस्करहरुले भारतीय पुलिसलाई ६ लाख भन्दा बढी महिनावारी बुझाउने गरेको स्रोतले बताउँछ । सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा हुने अवैध तस्करी रोक्न सिडिओेको प्रभावकारी भूमिका देखिएको छैन । सशस्त्र प्रहरीको अवैध असुलीबारे संचारमाध्यममा छ्यापछ्याप्ती आउँदा पनि गृहप्रशासन मौन बस्दा उनीहरु पनि तस्करको चंगुलमा फसेको नागरिकहरु आंशका गर्छन् ।

त्यसतै सीमा नाकामा रहिका केही सुरखिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल माथि विश्वास नरहेको बन्दै सुराखि हरूले महेशपुर भन्सार लाई सीमा नाकामा तस्करी भइरहेको सुचना देदा पनि नाउने सुरखिले बताएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *